देवघाट गाउँपालिका–५ शिखर निवासी ५५ वर्षीय भविलाल गुरुङको गाईगोठमा चट्याङ पर्दा ६ वटा चौपायाको मृत्यु भएको छ।

मिति २०८३ असार ६ गते बिहान ८:३० बजे उक्त घटनाबारे इलाका प्रहरी कार्यालय देवघाट, तनहुँमा खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। चट्याङका कारण गोठमा रहेका ४ वटा बोका, १ खसी र १ गाई मरेका छन्।

घटनामा मानवीय क्षति नभएको तथा घरगोठमा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।