पोखरा
प्राप्त जानकारीअनुसार कास्की जिल्ला सहकारी संघद्वारा आयोजित तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनी सवार मोटरसाइकललाई बा.प्र.०३–००१–क १६५० नम्बरको रेडिमिक्स (ब्लकर) गाडीले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करपछि सडकमा लडेका बाँस्तोला गम्भीर घाइते भएका थिए।मेट्रोसिटी अस्पतालका मेडिकल अफिसर डा. युजल सुबेदीका अनुसार बाँस्तोलालाई अस्पताल ल्याउँदासम्म उनको मृत्यु भइसकेको थियो।
डा. सुबेदीका अनुसार दुर्घटनामा बाँस्तोलाको टाउकोमा गम्भीर आन्तरिक चोट (हेड इन्जुरी) लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ, जसका कारण घटनास्थल नजिकै उनको ज्यान गएको हुन सक्ने चिकित्सकीय निष्कर्ष छ।
नेविसंघमा लामो समय सक्रिय रहेका बाँस्तोला यसअघि सङ्गठनको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहेर विद्यार्थी राजनीतिमा परिचित अनुहारका रूपमा चिनिन्थे।बाँस्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सोमबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।
बाँस्तोलाको शव पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सोमबार बिहान पोस्टमार्टम सम्पन्न भएपछि अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।



