दमौली, जेठ १९ — व्यास नगरपालिका–११ फेदीफाँटस्थित पुरानो तिल तथा तोरी पेल्ने ढुंगाबाट निर्मित परम्परागत कोलको पुनःनिर्माण तथा जडान कार्य सम्पन्न भएको छ। फेदीफाँट टोल विकास संस्थाको पहलमा उक्त ऐतिहासिक कोललाई पुनःस्थापना गरिएको हो।
स्थानीय मौलिकता, संस्कृति तथा पुरातात्त्विक महत्व बोकेको कोल लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको थियो। परम्परागत प्रविधि र स्थानीय इतिहासको संरक्षण गर्ने उद्देश्यका साथ संस्थाले यसको पुनःनिर्माण तथा जडान कार्य सम्पन्न गरेको जनाएको छ।
स्थानीयवासीका अनुसार विगतमा गाउँघरमा उत्पादन हुने तिल र तोरी पेल्न यही कोल प्रयोग गरिन्थ्यो। आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत संरचना लोप हुने अवस्थामा पुगेका बेला यसको पुनःस्थापनाले पुराना पुस्ताको जीवनशैली र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको छ।
टोल विकास संस्थाले भविष्यमा समेत यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ। स्थानीयवासीले पनि पुनःनिर्माण गरिएको कोललाई फेदीफाँटको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्। ऐतिहासिक तिल–तोरी पेल्ने ढुंगे कोल पुनःनिर्माण
दमौली, जेठ १९ — व्यास नगरपालिका–११ फेदीफाँटस्थित पुरानो तिल तथा तोरी पेल्ने ढुंगाबाट निर्मित परम्परागत कोलको पुनःनिर्माण तथा जडान कार्य सम्पन्न भएको छ। फेदीफाँट टोल विकास संस्थाको पहलमा उक्त ऐतिहासिक कोललाई पुनःस्थापना गरिएको हो।
स्थानीय मौलिकता, संस्कृति तथा पुरातात्त्विक महत् गर्ने उद्देश्यका साथ संस्थाले यसको पुनःनिर्माण तथा जडान कार्य सम्पन्न गरेको जनाएको छ।

स्थानीयवासीका अनुसार विगतमा गाउँघरमा उत्पादन हुने तिल र तोरी पेल्न यही कोल प्रयोग गरिन्थ्यो। आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत संरचना लोप हुने अवस्थामा पुगेका बेला यसको पुनःस्थापनाले पुराना पुस्ताको जीवनशैली र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको छ।

टोल विकास संस्थाले भविष्यमा समेत यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ। स्थानीयवासीले पनि पुनःनिर्माण गरिएको कोललाई फेदीफाँटको सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।