दमौली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिको सभापतिमा चूडामणि दाहाल विजयी हुनुभएको छ।

सम्पन्न मतगणनाअनुसार दाहालले १४२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी सुशील पौडेलले २७ मत,  सूर्यचन्द्रलम्सालले २४ मत प्राप्त गर्नुभयो।

उपसभापतिमा नगेन्द्र ढुंगाना १३६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी गोविन्द श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो।

महाधिवेशन प्रतिनिधितर्फ सूर्यभक्त अधिकारीले १२५ मत, राजु दाहालले ११३ मत सिकन्दर बक्सले ८८ मत प्राप्त गर्दै निर्वाचितहुनुभएको छ। सचिवमा भाग्यशाली ढुंगाना तथा सहसचिवमा नवीन वस्ती सर्वसम्मत निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यमा बिमला श्रेष्ठ, कृष्णभद्र आचार्य, अनुपकुमार श्रेष्ठ, कमलबहादुर राना, मञ्जु बिक, लक्ष्मी प्रधान, महमत खलिदअली, सरिता सिग्देल रेश्मी शर्मा सर्वसम्मत चयन हुनुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।