तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा पर्यटक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१ प ९२७ नम्बरको पर्यटक बसले जेब्रा क्रसिङ पार गर्दै गरेका स्थानीय ७९ वर्षीय सम्मर बहादुर रानाभाटलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।