नेपाल कम्युनिष्ट पार्टी (एमाले) भिमाद नगर कमिटीको सचिवालय बैठक नगर कमिटी उपाध्यक्ष चतुरभुज सुवेदीको अध्यक्षतामा सम्पन्नभएको छ।

बैठकले समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण, आगामी कार्यक्रम सञ्चालन तथा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। साथै, पार्टीलाई जनतामाझ अझ सक्रिय सशक्त ढंगले अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो।

बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ इञ्चार्ज केदार सिग्देल, प्रदेश सल्लाहकार नारायण खनाल, धर्म खनाल, जिल्ला सदस्य, नगर कमिटीका पदाधिकारी, सचिवालय सदस्य तथा वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।