ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड दमौली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय दमौली, तनहुँलाई हिरासत कक्षमा रहेका व्यक्तिहरूका लागि एक थान ४३ इन्चको स्मार्ट टेलिभिजन सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा तथा दमौली शाखा प्रमुख सुदिप न्यौपानेले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेक बहादुर कार्कीलाई उक्त स्मार्ट टेलिभिजन हस्तान्तरण गर्नुभएको हो।
प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउन तथा हिरासत कक्षमा रहेका व्यक्तिहरूलाई समाचार तथा विभिन्न कार्यक्रममार्फत समय उपयोगी बनाउन सहयोग पुग्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले आगामी दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीले हिरासत कक्षमा रहेका व्यक्तिहरूलाई टेलिभिजनले सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।



