नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेशको प्रदेश परिषद २०८३ बैशाख ११ र १२ गते म्याग्दी जिल्लामा भव्यताका साथ सम्पन्न भएको छ। गण्डकी प्रदेश अध्यक्ष मुराहरी शर्माको अध्यक्षतामा सम्पन्न परिषदमा श्रमिक हकहित, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण छलफल गरिएको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दी जिल्ला उपसभापति कर्णबहादुर भण्डारी रहनुभएको थियो। परिषदमा तनहुँ जिल्ला कार्यसमितिबाट अध्यक्ष कृष्णबहादुर केसी, वरिष्ठ उपाध्यक्ष विश्वनाथ अधिकारी, कोषाध्यक्ष कृष्णप्रसाद तिवारी, गण्डकी प्रदेश प्रतिनिधि शान्ता बास्तोला, गण्डकी प्रदेश कार्यसमितिका सदस्य मिन बहादुर कार्की र सह–सचिव कुशेश्वर गुरुङको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रदेश परिषदले श्रमिक अधिकार, ट्रेड यूनियन आन्दोलनको सुदृढीकरण तथा संगठन विस्तारका विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै सफलतापूर्वक समापन भएको जनाएको छ।



