1. तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित बिरता टोल विकास संस्थाको छैटौँ अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा चन्द्रकला बोहोरा चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्णचन्द्र वाग्ले, सचिवमा रमा गिरी, सह–सचिवमा नवीन बस्नेत र कोषाध्यक्षमा जङ्गबहादुर अधिकारी चयन हुनुभएको छ।

सदस्यहरूमा उमा गुरुङ, देउमाया राना, सुनिता पोखरेल, रेखा पन्त र लक्ष्मी आछामी रहनुभएको छ। त्यसैगरी सल्लाहकार समितिमा श्रीराम कार्की, केशव भट्टराई, वसुन्धरा घर्ती, जीवनलाल श्रेष्ठ, कालि बहादुर अधिकारी, सरोज बस्नेत र कृष्ण क्षेत्री चयन हुनुभएको छ।

अधिवेशनले नयाँ नेतृत्वमार्फत टोलको समग्र विकास, सामाजिक सद्भाव र जनसहभागितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। स्थानीयस्तरको विकास र समुदायिक एकताको आधार मजबुत बनाउने अपेक्षासहित नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।