व्यास नगरपालिका स्थित मालेबगर टोल विकास संस्था आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट टोल घोषणा भई सम्मानित तथा पुरस्कृतभएको छ। योजना सम्पन्नता, उच्च उपस्थिति, अनुशासन, सरसफाइ तथा वडा कार्यालय व्यास नगरपालिकासँगको प्रभावकारी समन्वयका आधारमा संस्थाले यो सम्मान प्राप्त गरेको हो।

सम्मान लगत्तै रत्ननगर नगरपालिका१० टाँडीबाट वडा अध्यक्षसहित टोल विकास संस्थाका अध्यक्षहरूको अध्ययन अवलोकन टोलीमालेबगर पुगेको थियो। अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख, वडा अध्यक्ष, जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा दुवै पालिकाका प्रतिनिधिहरूले बजेट विनियोजन, वडागत बजेट, कृषि, स्वास्थ्य, शिक्षा, फोहोरमैला व्यवस्थापन, टोलविकास संस्थाको क्षेत्राधिकार, विधान तथा विकास निर्माणका विषयमा आफ्ना अनुभव अभ्यास प्रस्तुत गरेका थिए।

अन्तरपालिका सिकाइ सहकार्यलाई थप बल पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा उपप्रमुखबाट मायाको चिनो प्रदान गर्दै अवलोकन टोलीलाई बिदाइ गरिएको थियो। व्यास नगरपालिका वडा कार्यालयको समन्वयमा सम्पन्न कार्यक्रमलाई स्थानीय सुशासन नमुना टोल व्यवस्थापनको अभ्यासका रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।