इरान–इजरायल द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको ड्रोन विस्फोटनमा परी गोरखा भीमसेन थापा नगरपालिका–७ का दिवस श्रेष्ठको मृत्यु भएको छ।

२०२६ मार्च १ तारिखका दिन एयरपोर्टमा ड्युटीमा रहेका बेला भएको उक्त विस्फोटनमा परी श्रेष्ठको ज्यान गएको हो।

श्रेष्ठ कार्यरत रहेको Zayad International Airport का स्टाफ, सुपरभाइजर तथा अन्य सहकर्मीहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारलाई आर्थिक सहयोग जुटाएका छन्।

सहकर्मीहरूले संकलन गरेको नेपाली रुपैयाँ ८ लाख ४९ हजार ६ सय ६४ (८,४९,६६४) रुपैयाँ श्रेष्ठका बुवा चाम बहादुर श्रेष्ठको खातामा जम्मा गरिएको युएईमै सँगै कार्यरत मनोज सुवेदीले जानकारी दिएका छन्।

सहयोगीहरुको नामवालीहरु

दुःखद घडीमा सहकर्मीहरूले देखाएको साथ, सहयोग र मानवीय संवेदनशीलताको सर्वत्र प्रशंसा गरिएको छ। यस्तो सहयोगले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।