दमौली, तनहुँ — केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले तनहुँले आज साँझ मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीको पक्राउको विरोधस्वरूप शनिबार साँझ ६ बजे तनहुँको सदरमुकाम दमौलीमा विरोध प्रदर्शनको तयारी गरिएको एमाले तनहुँले जनाएको छ।
एमाले तनहु अध्यक्ष हरिराज कडेलका अनुसार आज मसाल जुलुससहित विरोध प्रदर्शन गरिनेछ भने आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।



