दमौली, चैत

द्वन्द्व पीडित राष्ट्रिय महिला (एकल महिला) सञ्जाल तनहुँको आयोजनामा दिने अचार बनाउने तालिम आइतबारदेखि सुरु भएको छ।तालिम ब्यास नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको हो।चैत गतेदेखि चैत १२ गतेसम्म सञ्चालन हुने उक्त तालिम क्षेत्री समाजको भवनमा भइरहेको छ। तालिममा ३० जना द्वन्द्व पीडित एकल महिलाहरूको सहभागिता रहेको छ।

सञ्जालकी अध्यक्ष सिता कैनीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुखअतिथिका रूपमा सहभागी भई ब्यानर वाचन गरी तालिम उद्घाटन गर्नुभएको थियो। उहाँले द्वन्द्व पीडित एकल महिलाहरूले भोग्दै आएका पारिवारिक तथा सामाजिक समस्यालाई राज्यले अझै पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूको अधिकार, न्याय जीविको पार्जनका लागि नगरपालिका सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा एकीकृत सेवा कार्यक्रम तनहुँका प्रमुख इश्वरी प्रसाद रेग्मी, क्षेत्री समाज तनहुँका उपाध्यक्ष प्रेम बहादुर राउत, प्रशिक्षक गायत्री नेपाली, पत्रकार मदन तिमल्सेना लगायतको उपस्थिति रहेको थियो।

एकीकृत सेवा कार्यक्रम तनहुँका प्रमुख रेग्मीले तालिमपछि कम्तीमा ३० जनामध्ये जनाले उत्पादनमूलक व्यवसाय सुरु गर्नुपर्नेमा जोडदिनु भयो। तालिम लिएर उद्योग दर्ता गरी काम गरे मात्र राज्यको लगानी सार्थक हुने उहाँको भनाइ थियो।

त्यस्तै, क्षेत्री समाज तनहुँका उपाध्यक्ष राउतले यस्ता तालिमले महिलाहरूको मनोबल बढाउनुका साथै आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो।

तालिममा मासु, माछा, मुला, च्याउ, खुर्सानी, गाजर, आँप लगायत गरी २८ प्रकारका अचार बनाउन सिकाइने छ। कार्यक्रम सञ्चालन सञ्जालकी सचिव मधु अधिकारी खड्काले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।