Green Development Bank द्वारा Global Money Week 2026 को अवसरमा “Smart Money Talks” कार्यक्रम सम्पन्न भएको छ।
विश्वभर मनाइने वित्तीय साक्षरता अभियान Global Money Week को उद्देश्य बालबालिका तथा युवाहरूलाई पैसाको सही प्रयोग, बचत, लगानी तथा वित्तीय निर्णयबारे सचेत बनाउनु हो। सन् २०१२ देखि सञ्चालन हुँदै आएको यो अभियान २०२६ मा मार्च १६ देखि २२ सम्म मनाइएको छ। यस वर्षको मुख्य नारा “Smart Money Talks” रहेको छ, जसले पैसासम्बन्धी विषयमा खुला रूपमा सिक्ने, छलफल गर्ने र सही निर्णय लिन सक्ने क्षमताको विकासमा जोड दिन्छ।
यसै सन्दर्भमा ग्रीन डेभलपमेन्ट बैंक, दमौली शाखाले Satyawati Secondary School मा अध्ययनरत करिब १५० छात्राहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम बैंकका शाखा प्रबन्धक Sudip Neupane ले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्त्व, बचत गर्ने तरिका, डिजिटल मोबाइल बैंकिङको प्रयोग तथा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उपायहरूबारे जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट आफूहरूलाई आर्थिक सचेतना बढाउन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।



