तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौँ शुक्लागण्डकी महोत्सव२०८२ आगामी चैत गतेदेखि चैत १७गतेसम्म सञ्चालन हुने भएको छ।

आर्थिक, सामाजिक तथा खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सीप संस्कृतिको संरक्षणभन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवको तयारीबारे जानकारी दिँदै संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भइसकेको बताए।उनले महोत्सवमा करिब लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए।

महोत्सवका मुख्य आकर्षणहरूमा सांस्कृतिक झाँकी प्रदर्शन, दगाम भुजिकोट डाँडाको अवलोकन, मिलेनियम ट्रेक, धार्मिक तथा ऐतिहासिक स्थल अवलोकन, गुफा रक गार्डेन अवलोकन लगायतका कार्यक्रम रहेका छन्। त्यसैगरी नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, सांगीतिक कार्यक्रम, कौरा नृत्य, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता तथा रत्यौली प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

संघका कोषाध्यक्ष कमल गैह्रेका अनुसार महोत्सवको साधारण प्रवेश टिकट १०० रुपैयाँ, विद्यार्थी सहुलियत टिकट ५० रुपैयाँ, कन्सर्टटिकट ३०० ५०० रुपैयाँ, तथा शुल्क पास ४०० रुपैयाँ तोकिएको छ। ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।

कार्यक्रममा कलाकार संयोजक प्रेमबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्दै महोत्सवमा हाल चर्चामा रहेका कलाकारहरूलाई प्रस्तुत गराइने जानकारी दिए। कार्यक्रमको सञ्चालन संघका महासचिव तथा प्रवक्ता सुजन श्रेष्ठले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।