नेकपा (एमाले) कास्कीका पुराना नेता तथा केन्द्रीय सदस्य Krishna Thapa को निधन भएको छ।

निर्वाचनको समीक्षा बैठक चलिरहेको समयमा पार्टी कार्यालयमै एक्कासी ढल्नु भएका थापालाई तत्काल उपचारका लागि Manipal Teaching Hospital पुर्‍याइएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।

कास्कीको कम्युनिष्ट आन्दोलनका अग्रणी नेता थापा २०५४ सालमा Pokhara उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। उहाँ Communist Party of Nepal (Unified Marxist–Leninist) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व सांसद पनि हुनुहुन्थ्यो। गत स्थानीय निर्वाचनमा पनि उहाँ पोखरा महानगरपालिकाको मेयर पदका लागि एमालेका उम्मेदवार बन्नुभएको थियो।

उहाँको निधनले एमाले पार्टीमा अपूरणीय क्षति पुगेको छ। स्वर्गीय थापा प्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जलि।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।