तनहुँ, २४ असोज

जिल्ला प्रहरी कार्यालय तनहुँमा हालै कार्यभार सम्हालेका नायब उपरीक्षक (डीएसपी) श्रवण कुमार वि.. ले शुक्रबार जिल्लाका सञ्चारकर्मीहरू सँग भेटघाट गरेका छन्।

भेटघाटका क्रममा डिएसपी वि..ले तनहुँ जिल्लामा शान्तिसुरक्षा, अपराध नियन्त्रण समुदायप्रहरी साझेदारीलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य हुने बताए। उनले प्रहरी पत्रकारबीच पारदर्शी सम्बन्ध सूचना आदानप्रदानले कानून कार्यान्वयनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

सञ्चारकर्मीहरूले पनि जिल्लामा हुने घटनाक्रम प्रहरी गतिविधिमा समन्वय बढाउँदै सचेत समाज निर्माणमा सहकार्य गर्न तत्परता जनाएका थिए। वि.. हालै तनहुँ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।