पिजनहील स्कूल अफ हस्पिटालिटीको व्यास–२ दमौलीमा औपचारिक सेवा शुभारम्भ
तनहुँ — व्यास नगरपालिका–२, दमौलीस्थित पिजनहील स्कूल अफ हस्पिटालिटीले सोमबारदेखि आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ। कार्यक्रमका प्रमुख अतिथि व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पानसमा दीप प्रज्वलन गरी सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले हस्पिटालिटी शिक्षाले युवालाई रोजगारमूलक सीप प्रदान गर्ने भएकाले [...]
