धारिलो हतियार प्रहार गरी युवक घाइते बनाएको आरोपमा दुई जना पक्राउ
superadmin १८ पुष २०८२, शुक्रबार

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ मा धारिलो हतियार प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। मिति २०८२ पौष १६ गते अन्दाजी ००:४५ बजे व्यास नगरपालिका–१२ बस्ने वर्ष २३ का सुमन भुजेललाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। [...]