राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण
superadmin ५ आश्विन २०८२, आईतवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ। संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपतिसमक्ष पेस गरिएको यो विधेयक लागू भएसँगै वर्षौंदेखि विवादमा रहेका नागरिकता सम्बन्धी मुद्दा समाधानतर्फ नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।