–विष्णु प्रसाद वाग्ले
भानु–६, हाल व्यास–२ दमौली ।
नेपालभूमि पौराणिक एवम् ऐतिहासिक काल देखि नै एक स्वतन्त्र राज्यको रुपमा अस्तित्वमा रहेर आफ्नै शैली र गतिमा चली आएको देश हो ।यहाँ समयको लामो अन्तरालमा असंख्य घटनाहरु र उतारचढावहरु पार गरेर आधुनिक युगमा प्रवेश गरी प्रजातन्त्रको स्थापना भएको हो । प्रजातन्त्र स्थापनाको लामो समय पार गरेको अवस्थामा तत्कालीन शासकहरुको शासनशैलीका विरुद्ध विभिन्न समयमा विरोध र आन्दोलन हुँदै आएका पनि थिए । त्यसै क्रमका एउटा राजनैतिक घटनाको रुपमा वि.सं २०४६ को जनआन्दोलन र त्यसले ल्याएको परिवर्तनको परिणाम स्वरुप प्रजातन्त्रको पुनस्र्थापना हो । त्यस राजनैतिक घटनाले देशमा ठूलो परिवर्तन ल्यायो । जसमा प्रजातान्त्रिक व्यवस्था अनुसारको नयाँ संविधानको निर्माण, जनाधिकारको उचित व्यवस्था, मानव अधिकारका संरक्षण, सबै जातजाति, भाषाभाषी, धर्मसस्कृति, लिङ्ग, उमेर समूह सबैका लागि समान अधिकार र अवसरको प्रत्याभूति प्रदान एवम् समानता तथा सर्वत्र देशको विकास समेतका विषयहरु समेटिएको व्याख्या भए । सोही संवैधानिक व्यवस्था अनुसारका राजनैतिक दलहरुको गठन हुने र सार्वभौमजनताको निर्णय प्रदान गर्ने गरी आवधिक निर्वाचनहरु र सोही अनुसारका सरकारहरु गठन हुँदै गए । ती जननिर्वाचित सरकारहरुले आ–आफ्ना कार्यकालमा गरेका कार्यका परिणाम देशको अवाश्यकता र जनचाहना अनुसारका सर्वपक्षीय कार्यहरु गर्न नसकेको वास्तविकता जनतामा महसुस हुनगयो, यसले जनचाहनामा गतिरोध पैदा हुनपुग्यो ।
पहिलो जननिर्वाचित र प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको वहुमतको सरकारले पूर्णकाल देश चलाउन नसक्नु, यस दलका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीच मतैक्यता हुन नसक्नु तथा गणेशमान सिंह पार्टीबाटअलग रहनु, कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको पदबाट हटाइनु र सन्यास लिने अवस्थामा पु¥याइनु नै प्रजातान्त्रिक पद्धतिको उपयोगका कमजोर पक्ष हुन् । मध्यावधि निर्वाचन पछि बनेको मनमोहन अधिकारी नेतृत्वमा निर्माण भएको अल्पमतको सरकारको लोकप्रिय कार्यक्रमहरुको सहन गर्न नसक्नु र सर्वाधिकार सम्पन्न प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकारमा अदालतले अङ्कुश लगाउनु प्रजातन्त्र विरोधी र जनइच्छा विरुद्धका कार्यहरु भएका थिए । त्यसले प्रजातन्त्रको मर्ममाथि चोटिलो प्रहार जनतामा नैराश्यता रयुवाहरुमा प्रतिषोधी भावनाको विजारोपण समेत भएको थियो । यिनै आधारभूमिमा अगाडि बढेको नेपालको राजनीतिले अनेकौ चरण रमोड लिनपुग्यो र हालको अवस्थामा आइपुग्यो तरपनि जनचाहना र देशको विकास गर्न सकेन । केपी ओलीको प्रधानमन्त्रित्व कालमा केही राम्रा कार्यहरुको थालनी भएता पनि देश भित्रका विरोधीशक्ति र विदेशीको नूनपानीमा जन्मेका र हुर्केका व्यक्ति तथा दलका कारण सफलता पाउन र जनतामा प्रभाव पर्न नपाएको अवस्थामा हाल आएर नवयुवापुस्ता (जेन जी) द्वारा वि.सं २०८२ भाद्र २३ र २४ का घटना घटाई देशको यो भयावह अवस्थाको सिर्जना हुनपुग्यो । यसमा मुख्य दोषीका रुपमा ओली सरकार र स्वयम् ओली माथि लगाइएको छ, उनका पनि केही व्यक्तिगत कमी कमजोरीहरु भएका छन् । यसमा भनिए जस्तो वास्तविकता होइन भन्ने मेरो बुझाई रहेकोछ , त्यसको सत्यता इतिहासले पुष्टी गर्ने नै छ । यिनै आधारभूमिमा रहेर घटनाका इतिवृत्ति केलाउने प्रयास गरिएको छ ।
देशको सर्वाङ्गीण र सर्वपक्षीय विकासको लागि सर्वप्रथम देशको राजनीतिक सुधार ल्याउन राजनैतिक दलमा सुधार हुनु अनिवार्यहुन्छ । वहुदलीय शासन प्रणालीमा सर्वप्रथम राजनैतिक दलको दर्शन तथा सिद्धान्त, तिनका आधारमा लिइने वाद, नीति र कार्यक्रम सहीहुनुपर्ने तथा त्यसको प्रयोगकर्ता नेता र तिनका कार्यकर्ता समेत सही हुनु अनिवार्य हुनजान्छ । दलका नेता तथा कार्यकर्ता सही भएको राजनैतिक दलले मात्र देशको वास्तविकतालाई बुझेर देश विकास र जनताको आवश्यकतालाई पूरा गर्न सक्षम रहन्छ । हाम्रो देशमा भएका राजनैतिक दलहरु र तिनका चरित्रको अध्यायन गर्दा देशको राजनीतिमा ठूलो सुधारको खाँचो महसुस पहिले देखि नै जनताले गरि सकेका र तिनमा सुधार हुननसके देशको राजनीतिले नयाँ मोड लिनसक्ने आँकलन पनि पहिल्यै गरिएको थियो तर जनचाहना अनुसारको सुधार दलहरुमा हुनसकेन । हाम्रा राजनैतिक दलहरुमा भएका हालका विशेषताहरुको विश्लेषण गर्दा यस प्रकार रहेको पाइन्छ, जसको यो घटना हुनमा प्रमुख भूमिकामा रह्यो ।
नेपाली काँग्रेस: नेपालको सवै भन्दा पुरानो दल, पूँजीवादी खेमाको नेतृत्व गर्ने, जन्म नै विदेशी शक्तिको आडमा विदेशी भूमिमा नै भएकोर भित्री उद्देश्यनै नेपालको राजनैतिक सुधारका माध्यमले विदेशीको सेवा र आशीर्वादद्वारा शक्ति र सत्तामा रही जायज नाजायज जे जस्ता कर्म गरेर भएपनि अकुत धनराशी संङ्गलन गरी भौतिक सुख सुविधा लिइरहने वाहिर देखाउन चाहिँ देश र जनताको नामलिइरहने उसको विशेषता रहेको थियो तथा त्यसको निरन्तरता आजका दिनमा पनि रहेको पाइन्छ । सबैभन्दा धैरै समय देशको शासनशत्ता सम्हालेको पार्टी भएर पनि जनताको विश्वास जित्न नसकेर निर्वाचनका बखतमा, सत्ता, शक्ति र धनको सहारा लिनुपर्ने अवस्था छ, घात–प्रतिघात र अन्तरघात, परिवारबाद र गुटगतकार्य जस्ता विषय यस दल भित्रका मौलिक विशेषता भएका छन् । यस दल भित्रका केही नेता कार्यकर्ता विभिन्न विदेशी राष्ट्र तथा जहासुसी संस्थाका एजेण्ट भएर देशका विरुद्ध काम गरिरहेको सर्वत्र उजागर भएर पुष्टि हुन पुगेको अवस्था समेत छ । इतिहासले प्रष्ट गरेको सत्यता यो होकी यस दलको उद्देश्य नेपाल र नेपाली जनताको उन्नति र प्रगति गराउने कामगर्नै चाहेन जसको कारण जनआक्रोस बढ्न गयो तथा युवामा यसको असर अझ बढी हुनपुग्यो । नेपाली काँगे्रस देशको पुरानो पार्टी र देशको राजनैतिक विकासमा केही योगदान दिएको पार्टी भएतापनि यसबाट देश र जनताको भलो हुने कामको आशा आजका युवाशक्तिमा रहेन । हाल भएका वृद्ध नेता र उनीहरुले लिएको उन्नाइसौ सताब्दीको विदेश परस्त र विदेशीको आशीर्वादको नीतिले पार्टी रहने र देश चलाउने आशा गर्ने ठाउँ पनि यो युवा शक्तिले कहिकतै देखन र यही कारणले घटनालाई मलजल पु¥यायो ।
युवा शक्तिले, यस दलले भविष्यको विचार गरी सुधारका लागि दल भित्र रहेका राष्ट्रवादी र युवा नेतृत्वशक्तिले आफूहरुलाई वृद्ध नेतृत्वबाट अलग रहेर सम्पूर्ण युवालाई समेट्ने गरी आधार तैयार गरेर राष्ट्रियता र विदेश नीतिमा परम्परागत रही आएको उसको पार्टीको दृष्टिकोण परिवर्तन गरी राष्ट्रियता र विकास प्रति असल भावना पैदागरेर विदेशी लगाममा चल्ने शैलीबाट माथि उठेर केवल नेपाल रनेपालीको भाग्य निर्माताको रुपमा आफूँ, पार्टीको नीति र आफूँमा भएका कमजोर पक्षको सकारात्मक सुधार गराई जनताको सेवा गर्ने रजनताको निर्णयलाई सर्वस्वीकार्य गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्र्छकी भन्नेमा युवा र सर्वसाधारण जनता आशावादी रही पर्खेरबसेका थिए । यो जनमानस सो दलबाट युगको परिवर्तन, प्रविधिको विकास र जनताको चाहना अनुसारको विकास देशमा भई युवाकोआशा पूरा हुनेमा केही हलसम्म विश्वस्त समेत थियो । त्यस तर्फ यस दलको गति अगाडि नगएको देखी युवा यो घटना उन्मुख हुनपुग्यो ।
नेपाल कम्युनिष्ट पार्टी (ए.माओवादी) : नेपालमा कम्युनिष्ट पार्टीको स्थापनाकाल देखि नै मतभेद र विवादका कारणले विभाजित भई विभिन्न घटकमा रहेको वाममन्थी विचारधारामा आस्था राख्ने पार्टीहरुको एक घटकको नेतृत्वमा समय क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाओवदी) निर्माण भई जनुयद्धका माध्यमले शक्ति आर्जन गरेको थियो। यसको नेतृत्वमा १० वर्षे जनयु्द्ध भई ठूलो धनजनको नोक्सान हुन पुग्यो । यसैको आन्दोलनको माध्यमले देशमा गणतन्त्रको स्थापना र संविधान सभाको निर्वाचन भई जनताको संविधान बन्न गईदेशको राजनैतिक संस्थागत विकासमा पनि योगदान पु¥यायो । यसै आन्दोलनको वलमा यो पार्टी शत्ताको एउटा शक्तिको रुपमा रहनपुग्यो । पछिल्लो समयमा आएर यस दलको क्रियाकलापमा संद्विग्नता देखा पर्नगयो । यसको आर्जित शक्तिक्षण हुनपुग्यो, यसलाई अन्य शक्तिको सहारा आवश्यकता पर्न थाल्यो । वि. सं २०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेसँग सहकार्य र त्यसपछि पार्टी एकीकरण र पछि विभाजनको स्थिति तथा त्यसपछि नेपाली काँगे्रस लगायतका पार्टीहरुसँग गठबन्घनमा सहभागी भएर शत्ता पक्षीयशक्तिको रुपमा रहेको थियो । यस पार्टीका नेता तथा कार्यकर्ताको चरित्र र क्रियाकलाप देश र जनताको पक्षमा कामगर्ने र आफ्नोराजनैतिक इमान्दारिता र नैतिकता तथा देश प्रतिको दायित्व निर्वाह गर्ने जस्ता कुनैपनि काम भएका र गरिएला जस्ता कुनै लक्षण देखिनगएनन् तथा राजनैतिक चरित्र र विशेषता यस दलका कुनै नेता कार्यकर्तामा कहिकतै देखिएनन् । यस दलको विशेषता भनेको राज्यशक्तिको आडमा जायज वा नाजायज जेजस्ता काम गरेर भएपनि आफु र आफ्ना कार्यकर्ताका परिवार वा आफन्तजनले राज्यको धन व्यक्तिगत बनाई अर्थ पार्जन गर्नु नै प्रमुख लक्ष्य भएको पाइन्छ । यस दलले आँफूलाई यस अवस्थाबाट सुधार नगर्ने हो भने आगामि दिनमा इतिहासमा सीमित हुने अवस्था नजिकबाट देखिएको समेत छ । यस पार्टीबाट निन्दनीय कार्य बाहेकका देश र जनताले कुनैआशा गरेको पाइएन । यस पार्टीको अर्को विशेषता भनेको देशको इतिहासको प्रत्येक महत्वपूर्ण घडिमा वा ठूला निर्वाचनहरुमा आँफूलाई शक्ति र पैसाको मोलमोलाईका आधारमा लिलाममा राखेर अवान्छित र गैर क्रियाकलापमा लाग्ने गलत शक्तिलाई सहयोगगरेको इतिहास पाइएको छ । जुन विदेशी शक्तिले उसलाई शक्ति र अर्थ प्रदानगर्छ ऊ उसैका पछि लाग्छ ,उसलाई राष्ट्र, राष्ट्रियता रजनताका विषयमा कुनै सरोकार रहेको देखिएन । यस दलबाट देश र जनताले चाहेको तथा युवाको अवश्यकता पूरा हुने पक्षमा कुनै कामहरु हुने नगरेकाले युवाले यस दलमा कुनै विश्वास गर्न सकेनन् र यो घटना नै उत्तम उपाय देख्न युवा पुगेको अवस्था हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) : नेपालको वामपन्थी आन्दोलनको एक घटक, माक्र्सवाद र लेनिनवादको अनुयायी तथा लेनिनको सांगठनिक सिद्धान्तमा संगठित, मदन मण्डारीद्वारा प्रतिपादित जनताको वहुदलीय जनवादको सिद्धान्तलाई प्रमुख मार्गदर्शन मान्ने, नेपालको सवै भन्दा ठूलो र वामपन्थी राजनीतिको मूलधार हो –नेकपा (एमाले) । सांगठनिक हिसावले दक्षिण एसियाका राजनैतिकदलहरु मध्ये सवैभन्दा व्यवस्थित र राम्रो राजनैतिक दल मानिएको थियो । यस दलका कार्यकर्ता र जनता यसका मेरुदण्ड भएर रहेकाछन् । यदाकदा नेतृत्व वर्गमा कर्तव्य विमुख र विचलन आएपनि कार्यकर्ताको अविचलित आस्था र निष्ठावान जनता कर्तव्यबाट विचलित भएको कहिल्यै पाइएको छैन, यो नै यस पार्टीको आधारस्तम्भ भएर रहेको पाइन्छ । हरेक ऐतिहासिक निर्वाचनहरुमा नेकपा (एमाले) एउटा प्रमुख शक्तिको रुपमा स्थापित भएर देश र जनताका पक्षमा पहरेदार भई अहम् भूमिका निर्वाह गरेको पाइन्छ । पछिल्लो समयमाआएर यस पार्टीका नेतृत्व वर्गमा वैचारिक मतभेद, शक्ति संघर्ष, पदलोलुपता जस्ता गलत चरित्र देखा परेकाले पटक–पटक पार्टीविभाजन हुनेसम्म पुगेको तितो इतिहास बन्न पुगेको छ । नेतृत्व वर्गमा लोभी, पापी, ईष्र्यालु, कुण्ठा जस्ता गलत प्रवृति आश्रित भएकाजति चोइिटिएर अलग भएपनि पार्टीका सिद्धान्त र विचार तथा शक्तिको मूलकेन्द्र कायमै रहेकाले आँफूलाई देशको प्रमुख पार्टीको रुपमा हालसम्म कायमै राख्न सफल छ । देश र जनताको आशाको केन्द्र पनि यहि पार्टी रहिरहेको पाइन्छ । देशको राजनीति र जनतातथा नयाँ पिढीको विश्वासमा आघात पु¥याउने र पर्टीका विभाजन गराउने काममा नेताहरुमा बामदेव गौतम, सिपी मैनाली, माधवनेपाल, झलनाथ खनाल, भिम बहादुर रावल आदिको प्रमुख भूमिका रह्यो । यसको प्रभावको रुपमा आजको यो घटनालाई जोड्न सकिन्छ ।
राष्ट्रियताको पहरेदार जनताको आशा र भरोसाको केन्द्र, कार्यकर्ताको पहरेदारी, अटुट लगाव र अगाध माया हुँदाहुँदै पनि नेतृत्व वर्गमादेखापर्न गएको शक्ति संघर्ष र गुटबन्दी तथा कमजोर चारित्रिक क्रियाकलापले गर्दा पार्टीका आन्तरिक गतिविधि र निर्वाचनका परिणाममा निर्धारित उद्देश्य प्राप्त गर्न असफल भएको अवस्था कायमै देखियो । संगठनमा देखापरेका कमजोरीमा सुधार, अन्तरपार्टीजनवादको सही प्रयोग, पार्टी भित्र कार्यकर्ता बीचमा हुने गरेका कमजोर पक्षको निराकरणका लागि साँस्कृतिक क्रान्ति गर्न नसकेकोअवस्थामा गलत कार्र्यकर्तामा समयानुकुल प्रशिक्षण, वैचारिक सुस्पष्टता र अन्तर समूहरहित पार्टी शुद्धिकरणको अवस्था सिर्जना, पार्टीका नीतिगत निर्देशन, नेता र कार्यकर्तामा देखापरेका कमजोर नैतिकतामा सुधार गर्नुपर्र्ने आजको प्रमुख आवश्यकता रहेको अवस्थामा सो कार्यहरु हुननसक्दा आशा र भरोसा गरेका जनताले यस दलको कमजोर पक्षको सुधार नदेखी यो घटना अपरिहार्य ठान्न पुगे र घटना घट्न पुग्यो । प्रधानमन्त्रीका रुपमा रहेका यस पार्टीका अध्यक्ष एवम् नेता खड्गप्रसाद ओलीका चारित्रिक कमजोरी र क्रियाकलापले पनि यस घटनालाई मलजल पु¥यायो ।
अन्य पार्टीहरु : हाल नेपालमा विध्यमान राजनैतिक दलहरु राप्रपा, रास्वापा,संघीय समाजवादी, राजमो, नेकपा एस लगायतकाले देशको राजनीतिको मूल प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गर्न सकेको अवस्था छैन । यिनीहरुको कारण पनि जनताले कुनै उचित विकल्प नदेखी यो कदम चाल्न पुगेका हुन् भन्न सकिन्छ ।
वि.सं २०७९ को संसदीय चुनावको पूर्वसन्ध्यामा आएर दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलले त्यो निर्वाचनमा लोकप्रियमतका साथ केही स्थानमा प्रत्यक्ष विजयी भएको छ । यसका विषयमा बौद्धिक वर्गमा विश्लेषण र चर्चाको विषय बनेको यसको सम्वन्ध अन्तर्राष्ट्रिय विस्तारवादी पूँजीवादी शक्तिसँग जोडिएको र गलत चरित्र भएका व्यक्तिहरु यस दलका नेतृत्वमा रहेको अवस्था भएपनिदेशमा भइरहेका पूँजीवादी समर्थक दल र उनीहरुकै निर्देशनमा चलाइएका कम्युनिष्टका खोल ओडेका नेकपा माओवादी र एकीकृत समाजवादी आदी दलबाट उनीहरुको चाहना पूरा नहुने देखेर उदय गाराइएको नयाँ शक्ति हो, यो राष्ट्रिय स्वतन्त्र पार्टी भनिन्छ । यस दलको वास्तविकताको पर्दा विस्तारै जनतामा खुल्दै गएको अवस्था छ तरपनि ठूला विदेशी शक्तिको आडमा चलाइएको पार्टी भएकाले सचेत नेपाली जनता यस पार्टीबाट सचेत रहुनु आजको आवश्यकता भएको देखिन्छ । यस पार्टीको स्थापनाको अर्को पक्ष भनेको नेपालीकाँग्रेस लगायतका पूँजीवाद दल भित्र रहेका विदेशी शक्तिको आडमा राजनीति गरेर बाँचेका गगन थापा प्रवृत्तिका राजनीतिकर्मीहरुलाई समेत यसै दल वा नयाँ नामको दल गठनका माध्यमले यो सम्पूर्ण शक्ति समाहित गराएर देशमा नयाँ उपनिवेशको गतिलाई तीव्र पारी नेपालको सार्वभौमिकता आफ्नो पक्षमा पार्न विदेशी शक्ति लागिपरेको अवस्था हो । यस दलबाट पनि देशको विकास र युवा शक्तिको अवश्यकता र चाहना पूरा हुने नदेखी युवा अगाडि बढेको आजको अवस्था हो । तर पनि यो शक्तिले यो आन्दोलन र घटनाआफ्नो पक्षमा पार्न हर प्रयास गरी वान्छित र अवान्छित सबै प्रकारका क्रियाकलाप गरेको थियो । यस अवस्थामा पनि युवाले यस दललाई विश्वास गर्न सकेनन् ।
उता अर्को पाटोमा रहेका नेपालका विद्वान राजनीतिज्ञ भानिएका डा.बाबुराम भट्टराईको क्रियाकलाप ,चरित्र र इतिहासको प्रत्येक मोडमा उनले देखाएका व्यवहारबाट यो निचोडमा पुग्नसकिन्छ कि देशमा गृहयुद्ध वा विदेशी शत्रु राज्यसँग लडाई झगडा भएका समयमाशत्रु राज्यसँग मिलेर देशको हितविपरित कामगर्ने वा विदेशीको भलो हुने कामगर्ने देश भित्रको राज्यद्रोही शक्तिलाई भनिने पञ्चस्तम्भीयको भूमिकामा नेपालको राजनीतिमा काम गरिरहेका छन् । उनी कुनै पार्टीमा स्थायी भएर रहन नसक्ने विभिन्न पार्टीमा समय–समयआवद्ध भइरहने र त्यो पार्टीको विनास सँगै देशको राजनीति समेत विगार गर्ने उनको प्रमुख विशेषता पाइएको छ । उनको यो राजनैतिक चरित्रले पनि नवयुवा पुस्ता (जेन जीको) मनमा निरास र उत्तेजित पारी यो घटनालाई अभिप्रेरित गरायो ।
देशका यिनै राजनैतिक इतिहास, घटनाक्रम ती अन्तर्गत भएका परिवर्तन सँगसँगै उदाएका राजनैतिक दल एवम् तिनका नेता र कार्यकर्ताका क्रियाकलापमा सिर्जित देशमा व्यापक अनियमितता, चरम भष्टाचार, विकासको गतिमा नराम्ररी अवरोध, जनताका सेवामा जटिलता र अधिक खर्चिला, देशको प्रशासन जनसरोकारमा बेवास्ता र अत्यधिक लापर्वाही, अदालती गलत निर्णय समेतका हरेक क्रियाकलापले जनतामा अत्यधिक नैरास्यता र आक्रोशको परिणाम स्वरुप यो घटना भई देशको कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाका प्रमुख कार्यलयहरुमा आगजनी र तोडफोट तथा नेताका भौतिक सम्पत्तिको विनास हुनपुगेको हो भन्न सकिन्छ।