तनहुँको आँबुखैरेनी ऐनापहरामा सवारी दुर्घटना १ जना गम्भीर घाइते
superadmin १९ श्रावण २०८२, आईतवार

तनहुँ, साउन १८ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–स्थित ऐनापहरामा आज भएको सवारी दुर्घटनामा एक जना व्यक्ति गम्भीररूपमा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि तत्काल आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रविस्तृत विवरण केहीबेरमै सार्वजनिक गरिने प्रहरीको भनाइ छ।