दमौली २३, साउन । नेपाली कांग्रेसका नेता पुष्प पराजुलीले गण्डकी प्रदेशबाट कांग्रेसको राष्ट्रिय भेलामा उल्लेख्य उपस्थिती हुने बताएका छन् ।

भेलामा सहभागी हुनका लागि गण्डकी प्रदेशका सबै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताहरु तयारी अवस्थामा रहेको समेत नेता पराजुली बताएका छन् । भेलाको पूर्व सन्ध्यामा लागि शनिबार पोखरामा बैठक आयोजना गरिएको गरिएको थियो ।

बैठकमा नेताहरुले प्रतिवद्धता गरे अनुसार गण्डकी प्रदेशबाट उल्लेख्य संख्यामा उपस्थिती रहनेछ नेता पराजुलीले बताएका छन् । नेता पराजुली भेलाको तयारीका लागि गण्डकी प्रदेशको विभिन्न जिल्लामा भेटघाटमा व्यस्त रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।