– जय ओशो/ जय गुरुदेव!
– प्रेम गिरि विशाल (स्वामी प्रेम स्वराट्) दमौली, तनहुँ
प्रत्येक भीड आफैंमा एक विविध भीड हो। भीड आफैंमा कुरूप छ। र, विश्वका सबै ठूला अपराधहरू भीडले नै गरेका छन। किनभने भीडसंग चेतना हुँदैन।
एक उदाहरण लिउँ! कुनै सभामा कसैले सुर्ती मोलेर हात टकटकायो भने मान्छेहरू ताली बजाउन थाल्छन। मान्छे एक्लै पनि एक्लो छैन।ऊ भित्र हजारौं विचार र भावनाहरूको भीड छ। आफैंमा त्यत्रो भीड बोकेका मान्छेहरूको भीड जम्मा हुँदा ‘चेतना‘ निसास्सिएर मर्छ। तसर्थभीडले गरेको परिवर्तन स्थायी हुँदैन। चेतनाको अभावमा शक्ति फेरिन्छ, तर हिंसा र अराजकता दोहोरिन्छ। १५ हजार वर्ष भन्दा पहिलेजन्मिएका शिव आज पनि जीवित छन्। २५ सय वर्ष पहिले जन्मेका बुद्व आज पनि सक्रिय छन्। ५ हजार वर्ष पहिलेका कृष्ण अरबौंहृदयमा बसेर आज पनि बाँसुरी फुक्छन्। कारण के…?? कारण! उनिहरूले आफ्नो चेतना जगाए, र पूर्ण चैतन्यमा स्थिर रहे। कुनै एकमात्र बुद्व पुरुषको ज्ञानले पुरा विश्वको दु:खको निवारण दिने सामर्थ्य राख्छ भने लाखौंको भीडले ल्याएको व्यवस्था क्षणभर मै किनअसफल प्रतीत हुन्छ ? सबै क्रान्तिहरू असफल किन भएका छन् ? किनभने यि हरेक क्रान्ति सचेत व्यक्तिहरूले होइन, भीडले गरेका हुन्।ओशोका अनुसार भीडमा मानिसले आफ्नो मौलिकता, विवेक र आत्मबोध गुमाउँछ। यही अवस्थाबाट अराजकता जन्मिन्छ। व्यक्ति तसचेत हुन सक्छ, तर भीड बनेपछि ऊ अनुकरण, क्रोध र अन्धविश्वास बाट परिचालन हुन्छ। कुना कन्दरामा बसेर आज पनि साधु सन्तचिच्याइ रहेछन्। सुन्न जाने फुर्सद कसलाई छ ? लाखौं हजारौं पुस्तकमा आज पनि शिद्व गुरुका वाणी गुञ्जयमान छन्। पढ्न जानेसंस्कार कोमा छ ? ‘गुरुकुल‘ मासेर ‘स्कुल‘ बनाइयो। सद्भाव बिर्सेर हिंसा पढाइयो। गुरुको महिमा बिर्सेर शिक्षक ठडाइयो। समुदायलेधार्मिकता अङ्गालेन, धर्म नामको सङ्गठन अङ्गाल्यो। निर्विवाद हुन सिकाइएन, वादविवाद सिकाइयो। अनेक वादका आडम्बर बोकेरउग्र हुन सिकाइयो। शान्त र संयम हुन सिकाइएन, आवेग र उत्तेजना पढाइयो। भन्दा नमिठो लाग्ला! आज नेपालको राजनीतिमामडारिएको भीडले पनि कुनै लछरपाटो लगाउने वाला छैन। यो पनि एउटा उत्तेजना नै हो। विवेक पुग्दैन, केही क्षणमा स्खलित हुन्छ! शिथिल हुन्छ/सकिन्छ। त्यस पश्चात् फेरि अर्को उत्तेजना बोकेर, अर्को भीडले जन्म लिन्छ।
त्यसो भए अब के गर्ने त ?
अब! बुद्वम शरणम गच्छामि! संघम् शरणम् गच्छामि! धम्मम् शरणम् गच्छामि! अबको समाज बुद्वको शरणमा जानु पर्छ। अब व्यक्तिगतसम्पत्ति सबै खोसेर कम्युन(सङ्घ) मा बस्नु पर्छ। अनि अनेकन् बुद्वहरूका धर्म देशनालाई अङ्गीकार गरेर। धर्म त्यागेर धार्मिक भएर रहनुपर्छ। धार्मिकताको पाठ पढाउँ। स्वधर्मको ज्ञान जानौं, आत्मोनुशासन मानौं। अब पनि फगत बाह्य महत्वाकाङ्क्षा छोडेर अन्तरयात्रा गर्नजानेन भने अबको विश्वले निकास पाउँदैन। चेतना भया!



