एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
काठमाडौं- अवैध हुण्डी कारोबार र क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक अर्ब ५० करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय नागरिकहरु रमेशकुमार गुप्ता र विपिन कुमारलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरोले जनाएको छ । [...]
