व्यासगुफामा श्रावणभर महाकोटी होवन, पूर्वमन्त्री धनराज गुरुङको सहभागिता
दमौली, साउन १९ मत्स्यगन्धाको प्रकाट्य भूमि, ब्रह्मऋषि पराशरको तपोभूमि तथा महर्षि वेदव्यासको जन्मस्थल व्यासगुफा परिसरमा श्रावण १ गतेदेखि सुरु गरिएको अखण्ड/असङ्ख्य महाकोटी होवन निरन्तर जारी छ। आज साउन १९ गते सोमबार पूर्वमन्त्री माननीय धनराज गुरुङले उपस्थित भई होवनमा सहभागिता जनाउनुभयो। वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान [...]
