दमौली, १० फागुन। नेपाल पत्रकार महासङ्घ तनहुँ ले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ। शाखा अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा बसेको बैठकले शाखामा स्थापित विभिन्न पत्रकारिता पुरस्कारबाट जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

बैठकले सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष उज्वल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ।

मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार शाखाका सल्लाहकार नारायण खड्कालाई प्रदान गरिनेछ।प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेललाई प्रदानगरिनेछ।

कृष्ण कुमार श्रेष्ठकिसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार निवर्तमान उपाध्यक्ष अस्मिता खनाललाई प्रदानगर्ने निर्णय भएको छ।

त्यसैगरी, उत्तम सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कार सङ्घीय परिषद् सदस्य राजकुमार श्रेष्ठविविलाई तथा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कार पूर्व सहसचिव मिलादरैलाई प्रदान गरिने शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो।

सुरज गुरुङ स्मृति पुरस्कारको राशी रु हजार रहेको भने अन्य सबै पुरस्कारको राशी रु १० हजार रहेको छ।

यसअघि नै शाखाले भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार पूर्व अध्यक्षओमकार आचार्यलाई प्रदान गर्ने निर्णय गरिसकेको छ।

महासङ्घले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटनलगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ।सबै पुरस्कार आगामी चैत १६ गते स्थापना दिवसका अवसरमा प्रदान गरिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।