तनहुँ, शुक्लागण्डकी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगरपालिका कमिटीका अध्यक्ष मनराज गुरुङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

शुक्लागण्डकी–१२ का पूर्व वडाध्यक्ष समेत रहेका गुरुङले यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए। उनी उक्त पार्टीका गण्डकी प्रदेश संयोजक समेत रहेका थिए। पछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
यसैगरी, नेकपा शुक्लागण्डकीका सचिवसमेत एमालेमा प्रवेश गरेको जनाइएको छ। गुरुङसहितका नेताको एमाले प्रवेशसँगै तनहुँ–२ को राजनीतिक समीकरणमा नयाँ तरंग आएको स्थानीय नेताहरूले बताएका छन्।



