तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार मन्जिल राना शुक्रबार मगर समाज सुधार समितिमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ।

भेटघाटका क्रममा उहाँले मगर समुदायका अगुवासँग छलफल गर्दै स्थानीय विकास, रोजगारी, शिक्षा तथा पूर्वाधारका विषयमा आफ्ना प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित समुदायका प्रतिनिधिहरूले पनि आफ्ना समस्या तथा सुझाव राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।