युथ कांग्रेस तनहुँको आयोजनामा युवाहरूको उल्लेखनीय सहभागितामा युवा भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममार्फत युथ कांग्रेस तनहुँको जिल्ला संयोजकको जिम्मेवारी सुनिल तिमिल्सिनालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रम युथ कांग्रेसका पूर्व महामन्त्री राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसको ऐतिहासिक भूमिका, लोकतन्त्रको संरक्षणमा युवाहरूको दायित्व तथा आगामी दिनमा जिल्लाभर संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रमको समापन गर्दै नवनियुक्त जिल्ला संयोजक सुनिल तिमिल्सिनाले युवाहरूलाई एकताबद्ध भई संगठन सुदृढीकरण र विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।

युवा नेता भीष्म श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. १ का वडा सदस्य जब्बार मियाँ, वडा नं. ४ का वडा सदस्य मदन श्रेष्ठ, नेविसंघ तनहुँका प्रवक्ता रिम आले, तरुण दलका युवा नेता दिनेश परियार, मिन आले, चन्द्र थापा, नेविसंघका नेता सुजन लमिछानेलगायत नेपाली कांग्रेस निकट विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।