गायिका तथा सामाजिक सञ्जाल प्रयोगकर्ता ज्योति मगरले फेसबुकमा लेखेको एक व्यङ्ग्यात्मक स्टाटसले आसन्न निर्वाचन घण्टीचुनाव चिन्हबाट उदाएका केही नयाँ नेताहरूको अभिव्यक्ति तथा एजेन्डा माथि तीव्र बहस सिर्जना गरेको छ।

मगरले आफ्नो फेसबुक स्टाटसमायसपाली चुनाव घण्टीका नयाँनयाँ नेताहरूले नै जित्नुपर्छभन्दै ती नेताहरूका भनाइ प्रतिबद्धतालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेकी छन्। उनले सार्वजनिक रूपमा आएका केही विवादास्पद अभिव्यक्तिलाई सूचीबद्धगर्दै राजनीतिक चेतना जिम्मेवारीमाथि प्रश्न उठाएकी छन्।

उनको स्टाटसमा उल्लेख गरिएका भनाइहरूमाखसी काटेर खान पाउने भए गोरु पनि काटेर खान पाउनुपर्छ”, “चप्पल लगाएर आएकागरिबले राजनीति गर्नु हुँदैन, पैसा कमाएकाले मात्र राजनीति गर्नुपर्छजस्ता अभिव्यक्ति समावेश छन्। साथै, घण्टीले चुनाव जितेपछिबालेन्द्र शाह (बालेन) रवि लामिछानेलाई स्याङ्जा ल्याउने बाचा गरिएको दाबी यौन हिंसाजस्तो संवेदनशील विषयलाई सामान्यीकरण गरिएको भनाइप्रति पनि उनले कटाक्ष गरेकी छन्।

मगरले यस्ता अभिव्यक्तिलाईअद्भुत क्यारेक्टरभन्दै रोक्न खोज्दा पनिढाल फुटाएर साक्षात्कार भएका पात्रजस्तो व्यङ्ग्य गरेकीछन्। साथै, अनुभवी नेताहरूले उठाउँदै आएका स्वाधीनता, सार्वभौमसत्ता, समावेशिता दिगो विकासजस्ता विषयलाई जनताले नबुझ्नेभन्दै गरिने आलोचनामाथि पनि उनले व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्।

उनको स्टाटसमा खगेन्द्र सुनार, बिनिता कथायत, रिमा विश्वकर्मा सोभिता गौतम जस्ता नाम उल्लेख गर्दै ती नैहाम्रो सोच स्तरका लागि परफेक्ट नेताभएको कटाक्ष समेत गरिएको छ।

फागुन २१ पछि देशबन्ने बन्छ, तर के बन्छ?” भन्दै मगरले भविष्यप्रति चिन्ता निराशा मिश्रित व्यङ्ग्य व्यक्त गरेकी छन्। उक्त पोस्टको अन्त्यमा उनले सामाजिक सञ्जालमा आलोचना गर्नेलाई चुनौती दिँदै आफू पोर्चुगलबाट जर्मनीको ह्याम्बर्गतर्फ लागेको उल्ले खगरेकी छन्।

ज्योति मगरको यो पोस्टपछि सामाजिक सञ्जालमा समर्थन विरोध दुवै प्रकारका प्रतिक्रिया आइरहेका छन्। कतिपयले यसलाई तीव्र राजनीतिक व्यङ्ग्य मानेका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।