दमौली/माघ

नेपाल आदिवासी जनजाति महासंघ तनहुँद्वारा आजदेखि सञ्चालन हुनेभाषा, लिपि, धर्म, संस्कृति सभ्यताको जगेर्ना तथाहस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण पर्यटन विकासमा प्रतिबद्धताभन्ने नाराका साथ छैठौंआदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव२०८२ सञ्चालन भइरहेको

व्यास नगरपालिका अनसनचौतारी दमौलीमा चलिरहेको महोत्सवमा आज (आइतबार) प्रशिद्ध गायिका शान्तिश्री परियारको प्रस्तुतिरहने महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिनुभयो उहाँका अनुसार गायिका शुभद्रा श्रेष्ठ, गायक मेघनाथरिमाल, बलबहादुर घर्ती मगरलगायतका कलाकारले महोत्सवको ११औँ दिनमा आफ्नो प्रस्तुति राख्दै मनोरञ्जन दिनेछन्

​“यी मुख्य आकर्षणको संरचना भए पनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, उहाँले भन्नुभयो, “मुनाफाले जीवन्तसांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा छन् आकर्षणको रुपमा मगर, दरै, कुमाल माझीकोपरम्परागत घर, आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङकुमारलेबताउनुभयो

परिषद्का कोषाध्यक्ष ठाकुर दरैका अनुसार महोत्सवबाट करिब रु.७३ लाख आम्दानी गर्ने लक्ष्य लिइएको भने रु.५८ लाख खर्च हुनेअनुमान गरिएको महोत्सवबाट रु.१५ लाख बचत गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष दरैले बताउनुभयो कला, संस्कृति, भाषा, धर्म सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।