श्री चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय, व्यास१० बैरेनीको ६८औँ वार्षिकोत्सव तथा अभिवादन दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सरकारी विद्यालयहरूमा शैक्षिक सुधार हुँदै गएको उल्लेख गर्नुभयो। साथै, हाल जन्मदर घट्दै गएको कारण सबै विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष खेमराज पोखरेल, व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्य विशिष्ट अतिथि रहनु भएको थियो। त्यस्तै, अतिथिहरूमा व्यास नगर कार्यपालिका सदस्य चन्द्रमाया परियार, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, वडा सदस्यहरू यज्ञप्रसाद शर्मा, ईश्वर पौडेल, खिरमाया विक, बासना कुवर, पुर्व वडा अध्यक्षहरु  तुलसिराम सापकोटा, मायानाथ कोईराला विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दुर्गा पौडेल, पत्रकारहरु मदन बाग्ले, मदन तिमल्सेना, शिला वाग्ले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा चन्द्रमाया परियार, महाप्रसाद हड्खले,नरेन्द्र न्यौपाने, दुर्गा पौडेल, रामदत्त पौडेल, हरिराज काफ्ले लक्ष्मी परियारलेशुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य कक्षा की छात्रा सुरक्षा तिमल्सेनाले राखेकी थिइन्।

कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको थियो। शिक्षक सम्मानबाट रामचन्द्र पोखरेल, शान्ता बास्तोला, विष्णुप्रसाद श्रेष्ठ, सीमा श्रेष्ठ, हरिप्रसाद मिश्र, लक्ष्मी पौडेल, दीपा अधिकारी, टिकाराम ढकाल, सन्त थापा, डिलबहादुर मगर मिना बलाल सम्मानित हुनुभयो।

पूर्व विद्यार्थी सम्मानबाट CA विष्णुहरि ढकाल डा. सन्देश परियार सम्मानित हुनुभयो।

आजीवन सदस्य सम्मान विष्णु प्रसाद ढकाल, बिरु थापा, तान्जिला मिया, दयाराम शर्मा देवीप्रसाद भुसाललाई प्रदान गरियो।

त्यस्तै, अभिभावक सम्मान हरिप्रसाद तिवारी, अस्मिता अधिकारी निशा मियालाई प्रदान गरिएको थियो।

अक्षयकोष दाता सम्मान यज्ञप्रसाद शर्मा (रु. ३३,३३३) लाई प्रदान गरिएको थियो भने प्रादेशिक खबरका प्रधान सम्पादक पत्रकार मदन वाग्लेलाई सम्मान गरिएको छ।

उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू जेनिसा विक, आशिष अधिकारी, सबिना बिष्ट, सुरेन्द्र तिमल्सेना, कञ्चन बोटे आयुषा न्यौपानेलाईसम्मान गरिएको थियो।

कार्यक्रममा जेहेनदार विद्यार्थीहरूलाई समाजसेवी विष्णुप्रसाद ढकालले कलम कापी सहयोग गर्नुभएको थियो। कार्यक्रम सञ्चालन रविन्द्र खाती शान्ता बास्तोलाले गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।