दमौली । सत्यवती माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलले व्यास नगरपालिका–३ स्थित पञ्चाय मन्दिर, व्यास गुफा तथा सेती–मादी नदी संगम क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यार्थीहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउने, धार्मिक स्थलको महत्त्व बुझाउने तथा यस्ता पवित्र स्थानहरू सधैँ सफा राख्नु पर्छ भन्ने चेतना विकास गर्ने उद्देश्यले सरसफाइ कार्यक्रममा विद्यार्थीहरूको सहभागिता गराइएको हो।

कार्यक्रममा सत्यवती माविका स्काउट तथा बाल क्लबको समेत सक्रिय सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रम शिक्षक सुनिता तिवारी र शिक्षक कृष्णप्रसाद तिवारीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका क्रममा करिब ४०० किलो प्लास्टिक जन्य फोहोर संकलन गरिएको र उक्त फोहोर व्यास नगरपालिकाको सरसफाइ शाखालाई जानकारी गराई सम्बन्धित निकायमा पठाइएको शिक्षक नायक प्रमोद न्यौपानेले जानकारी दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।