तनहुँ, घिरिङ–३ । घिरिङ गाउँपालिका–३ मानपुरका स्थानीय किसानहरू अहिले कोदो केलाउने मौसमी कार्यमा सक्रिय भएका छन्। वर्षभरि मेहनत गरेर उत्पादन गरिएको कोदो अहिले परम्परागत तरिकाले केलाउने क्रम चलिरहेको छ।

स्थानीयहरूको भनाइअनुसार यस वर्ष मौसम अनुकूल रहेकाले उत्पादन राम्रो भएको छ। कोदो केलाउने कार्यलाई गाउँमा केवल कृषि गतिविधिमात्र होइन, संस्कार र समुदायबीच एकता जगाउने अवसरको रूपमा पनि हेरिने गरिएको छ।

मानपुरका किसानहरूले केलाएको कोदो घरायसी उपभोगसँगै बजारमा समेत पठाउने तयारी गरिरहेका छन्। गाउँमा खेतीपातीको चहलपहल बढेपछि मानपुर क्षेत्रमा फेरि कृषि गतिविधिको रौनक छाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।