तनहुँ, बन्दीपुर–१ ।
श्री पवित्रा माध्यमिक विद्यालय, बन्दीपुर–१मा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरिएको छ। विद्यालयमा बसेको भेलाले डिल बहादुर राना (विजय)लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
भेलाले चयन गरेको नव–निर्वाचित विद्यालय व्यवस्थापन समिति निम्नानुसार रहेको छः
-
अध्यक्ष: डिल बहादुर राना (विजय)
-
सदस्य: निलकण्ठ मिश्र
-
सदस्य: शुक्र कुमार श्रेष्ठ
-
सदस्य: कृष्ण सिंह ठकुरी
-
सदस्य: तुलसी गान्धारी
-
सदस्य: सञ्जु शर्मा
बैठकमा विद्यालयको शैक्षिक गुणस्तर उकास्ने योजना, विद्यार्थी हितका कार्यक्रम, भौतिक पूर्वाधार विस्तार तथा समग्र विद्यालय सुधारका विभिन्न दीर्घकालीन योजनाहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो।

नव–निर्वाचित समितिले विद्यालयलाई आगामी कार्यकालमा शैक्षिक उत्कृष्टताकै दिशामा उन्मुख गराउने, सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यालयका सरोकारवालाहरूले नयाँ नेतृत्वबाट संस्था अझ व्यवस्थित, प्रगतिशील र परिणाममुखी बन्ने अपेक्षा व्यक्त गरेका छन्।



