दमौली, २१ मंसिर।
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले देशभर उम्मेदवार छनौट प्रक्रिया तीव्र पारेको छ। आइतबार देशका ७७ वटै जिल्लाबाट आकांक्षीको नाम संकलनसँगै तनहुँमा पनि दुवै निर्वाचन क्षेत्रका आकांक्षीले उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै समानुपातिक तर्फका आकांक्षीहरूको नाम संकलन गरेको हो।
तनहुँ क्षेत्र नं. १ : प्रत्यक्षतर्फका आकांक्षी
-
शंकर भण्डारी (केन्द्रीय सदस्य)
-
गोविन्द भट्राई
-
डा. जगदिशचन्द्र पोखरेल
-
रामचन्द्र पोखरेल
-
उदयराज गौली
-
दिपक भट्राई
-
रेशम गुरुङ
-
सरिता गुरुङ
-
रमेशबाबु भट्राई
-
उद्धव पौडेल
समानुपातिक तर्फका आकांक्षी (क्षेत्र नं. १)
-
समुन्द्र गोदार
-
पवित्रा देवी पौडेल
-
चिनु पोखरेल
-
यमुना बिक (दलित कोटा)
-
हरिदत्त पौडेल
-
ओजराज पौडेल
-
डोवाटे बिक
-
प्रकाश पन्थ (अपाङ्गता कोटा)
-
गोविन्द ढकाल
-
एलिजा ढकाल
तनहुँ क्षेत्र नं. २ : प्रत्यक्षतर्फका आकांक्षी
-
के.स. शंकर भण्डारी
-
प्रदीप पौडेल (केन्द्रीय सदस्य)
-
पुष्प पराजुली (आमन्त्रित केन्द्रीय सदस्य)
-
चुडामणि खनाल (क्षेत्रीय सभापति)
-
चामबहादुर थापा
समानुपातिक तर्फका आकांक्षी (क्षेत्र नं. २)
-
माया राना
-
इन्दिरा खनाल
उता, के.स. भण्डारीलाई पार्टीभित्रै दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन निरन्तर दबाब बढिरहेको बताइएको छ। यसअघि उनले क्षेत्र नं. १ बाट आकांक्षा जनाएका थिए। तर राष्ट्रपति रामचन्द्र पौडेल क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने निर्णय भएपछि भण्डारी क्षेत्र नं. २ तर्फ जान बाध्य भएका थिए।
राष्ट्रिय सभा तर्फ
-
लक्ष्मी आचार्यले उम्मेदवारी दर्ता गराएकी छन्।
निर्वाचनका लागि सोमबारसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन समितिले जनाएको छ।



