तनहुँ,

 तनहुँको पृथ्वी राजमार्गअन्तर्गत विमलनगरमा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनापछि अचेत अवस्थामा रहेका ती व्यक्तिलाई स्थानीयले उद्धार गरी हतारहतार उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे स्पष्ट विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।