तनहुँ, ११ मंसिर २०८२।
बन्दीपुर अस्पतालले डुम्रेमा स्थापना गरेको सेवा विस्तार शाखा आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। बन्दिपुर गाउपालिका अध्यक्ष सुरेन्द्र थापाले आज विहिवार मंसिर ११ गते दिनको १२:४५ बजे पूजा–अर्चनासहित शाखाको गृह–प्रवेश गरिएको छ।सेवा विस्तार शाखामा आज हस्तान्तरण भएका सामग्रीहरूको विवरण एकिन गरी रूजु गर्ने कार्य गरिएको अस्पताल प्रशासनले जनाएको छ। साथै तहाको सरसफाइ तथा प्रारम्भिक सञ्झ्याल–व्यवस्थापन कार्य पनि सम्पन्न गरिएको छ। शाखाको भौतिक अवस्था र सामग्रीहरूको व्यवस्थापनलाई हेर्दा अझै केही दिन निरन्तर सरसफाइ र संरचनागत तयारी आवश्यक देखिएको अस्पतालका स्रोतले बतायो।

यसैक्रममा आजदेखि दैनिक रूपमा कर्मचारी परिचालन गर्ने गरी सरसफाइ तथा व्यवस्थापनका लागि ड्युटी रोस्टर समेत लागू गरिएको छ। अस्पतालका अनुसार अधिकतम एक साताभित्र पहिलो चरणको संरचनागत लेआउट तथा पूर्ण सरसफाइ कार्य पूरा गरिनेछ।
शाखाबाट उपलब्ध गराइने सेवाहरू अस्पतालमा रहेका स्रोत, साधन र जनशक्तिको उपलब्धताका आधारमा क्रमिक रूपमा अभिवृद्धि हुँदैलै जाने तयारी गरिएको छ। सेवा विस्तारसँग सम्बन्धित कार्यहरू सहज बनाउन सरोकारवाला सबैलाई समन्वय र सहयोगका लागिअनुरोध गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार विस्तृत सेवा तालिका अर्को सातासम्म सार्वजनिक गरिनेछ।



