– मेघराज आचार्य
पोखराबाट …
बगेर जाने पानी हो फरक पर्दैन !
फकिरको जिन्दगानी हो फरक पर्दैन !
रोजाइमा होलान धन , रुप र बलेको आगो !
आखिर हुने खरानी हो फरक पर्दैन!
व्यर्थ घोकिएछ यार सत्य र यो इमान !
चल्ने भनेकै झूट कि जवानी हो फरक पर्दैन !
चलचित्र त बन्दै गर्छन प्रीया यो दुनियाँमा !
बिक्ने आखिर हाम्रै कहानी हो फरक पर्दैन !



