तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
मिति २०८२ साल असोज १ गते दिउँसो ४:१० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा.प्र.०३–०३४ प.७६३१ नं.को मोटरसाइकलअनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका–८ घ्यालचोकका २८ वर्षीय अर्जुन सार्की र चितवन इच्छाकामना गाउँपालिका–१ सिमलतालका३१ वर्षीय बादल गुरुङ घाइते भएका छन्। चालक सार्कीको दायाँ पाखुरा र घुँडामा, भने पछाडि सवार गुरुङको टाउको पछाडितर्फ, दुवै घुँडा र दायाँ पाखुरामा चोट लागेको प्रहरीलेजनाएको छ।
घाइते दुवै जनाको उपचारका लागि आँबुखैरेनी अस्पताल तनहुँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



