पोखरा

गण्डकी प्रादेशिक क्रिकेट संघको चौथो साधारणसभा पोखरामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष संजयकान्त सिक्देलले गर्नुभएको थियो भने प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य रहनुभएको थियो ।क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिँह विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा खेलकुद पत्रकार मंञ्ज गण्डकी प्रदेश अध्यक्ष एबी अस्था, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलनगुरुङ, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्मा, गण्डकी प्रदेश खेलकुदपरिषद् बोर्ड सदस्य विनय थापा अतिथि रहनु भएको थियो । गण्डकी प्रदेशमा क्रिक्रेट संघ भएका सबै जिल्लाहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष प्रकाश पौडेलले सञ्चालन सचिव सुमनराज कार्कीले गर्नुभएको थियो कार्यक्रमका क्रममा गण्डकी प्रदेशका तर्फबाट राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।