–विष्णुप्रसाद वाग्ले
भानु–६, हाल व्यास–२ दमौली
मानव सभ्यताको इतिहासले दर्शाएको सत्यताको कसीमा राजनैतिक विचारधारहरुका विभिन्न रुपमा विकास भएर आएको वास्तविकता पुष्टि गर्दछ । फिरन्ते, कृषि, सामान्ती, पूँजीवाद र समाजबाद हुँदै आधुनिक पूँजीवादी प्रजातन्त्रात्मक राज्य व्यवस्थामा आइपुग्दा शानशैलीमा अनेक रुप र अवस्था भए । प्रधानतः सामान्ती–पूँजीवादी व्यवस्थामा आधारित भएर विश्वको शासन व्यवस्था चलिरहेको संसारमा यस शासन प्रणालीले बहुसंख्यक जनताको प्रतिनिधित्व र सर्वतोमुखी हितगर्ने अवस्था नभएको अवस्थामा विद्वान र समाजका बुज्रुक अग्रज दर्शानिकहरुले तात्कालीन शासन व्यवस्था भन्दा फरक र सुधारउन्मुख हुने गरी अनेकौ प्रणालीको अवधारणा र त्यसको प्रयोग गरे । त्यसै सिलसिलामा प्रगतिशील विचार भएको नयाँ विचारको समेत प्रादुर्भाव भयो । त्यो विचार नै कम्युनिष्ट विचार थियो । त्यसको प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिक ए्‌ङ्गेल्सले सन् १८४८मा कम्युनिष्ट घोषणा पत्रको प्रकाशन मार्फत गरेका थिए । त्यसै समयमा उनीहरुले “ संसारका मजदुर एक हौं ” भनेका थिए, यसको अर्थ शोषित र पीडित वर्ग एक नभई सामान्ती शासन व्यवस्थालाई हल्लाउन सकिदैन भनी उही समयमा उनीहरुले उल्लेख गरेका थिए, समयक्रममा यसको सार्थकता पुष्टि हुँदैगयो । त्यो वैज्ञानिक समाजबाद थियो, त्यसलाई मार्क्सवादका नामले विश्वले चिन्यो र सोही विचारधारात्मक आधारमा राज्य व्यवस्थाहरु सञ्चालन गर्न पहलकदमी भए ।
यो समाजवादी अर्थव्यवस्था सहितको मार्क्सवादी सिद्धान्तमा आधारित भएर लागु गरिएको राजनैतिका प्रणाली सर्वप्रथमा सोभियत संघमा वोल्सेभिक क्रान्ति सन् १९१७ अक्टोवरका महानायक भि.आई लेनिनले प्रयोग र सफलता प्राप्त गरेका थिए । उनको समयमा लेनिनवादी साँगठनिक सिद्धान्त र मार्क्सवादी राजनीति र अर्थव्यवस्थामा आधारित भएर शासन सञ्चालन र आर्थिक विकास गरिएको थियो । उनको समयमा यो प्रणालीले पूर्णसफलता प्राप्त गरी जारशासकहरुको शोषण र युद्धले तवाह भएको देश छोटो समयमा विश्व समुन्नत अर्थव्यस्था र सामारिक शक्तिमा सिङ्गो विश्वको आधा हिस्साको नेतृत्व गर्न र अन्तरिक्षयुगमा प्रवेशगर्न सफल भएको थियो । यो क्रम स्टालिन हुँदै ख्रस्चेभ र युरी आन्ध्रपोभको समयसम्म रह्यो । ख्रुस्चेभको सुधारवादी र पूँजीवादीहरु प्रतिको झुकावका कारण मार्क्सवादी विचारधारामा विचलन आई सुधारका नाममा सिद्धान्तमा स्खलित हुँदा सोभियत संघ पतनउल्मुख हुनपुग्यो । कारणहरु भिन्न भएपनि प्रमुख कारणको रुपमा प्रधान शत्रु चिन्न नसक्नु र आफ्नो सिद्धान्तमा पतित हुनु नै थियो ।
जनवादी गणतन्त्र चीनको विकास हुनमा माओको नेतृत्वमा भएको जनवादी आन्दोलनले लामो संघर्ष पछि १ अक्टोवर १९४९मा सफलता हासिल गरी चीन जनवादी गणतन्त्रको घोषणा भएपछि माओको नेतृत्वको टिमले आन्तरिक सुधारमा संविधानको निर्माण, सरकारी संरचना र प्रशासनिक व्यवस्था लगायत भावि योजनाको समेत रुपरेखा तयार पारी द्रुत गतिमा क्रान्तिकारी तरिकाले जनपक्षीय कामहरु अगाडि बढाए । कृषिक्रान्ति र भूमिको समान वितरण, योजनावद्ध विकासको थालनी जसमा पहिलो पञ्चवर्षी योजना (सन् १९५३–१९५७)मा ठूला उद्योगहरुको स्थापना र विकास, कृषि प्रविधिमा परिवर्तन, प्राविधिक शिक्षामा जोड, जनवादी शिक्षा आन्दोलन क्यअष्बष्कित भ्मगअबतष्यल :यखझभलत० , अर्थव्यवस्थामा सुधारका लागि सन् १९५८ पछिका ३ वर्षको अवधिलाई महान अग्रगामी छलाङ्पस्चात ीभबउ ँयचभधबचम :यखझभलत ० को घोषणा र तद्नुसारको योजना तयार गरियो । ‘तीन वर्षको कडा परिश्रम हजार वर्षको सफलता’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरी विगतको तुलनामा ८५ प्रतिशत भन्दा बडी प्रगति भई सफलता हासिल गर्न सक्षम भए । सन् १९६५ सम्ममा देश आधारभूत आवश्यकतामा आन्तरिक उत्पादनले आत्मनिर्भर भइसकेको थियो । त्यस अवधिलाई माओले स्वर्णिम राज्यको कल्पना गरेका थिए साथै त्यहाँको कम्युनलाई ‘पूर्र्वी एसियाको बिहानीको सूर्य’ मानेर देशमा कार्यक्रम सञ्चालन गर्दा विकासमा ठूलो फड्को र समाजमा धेरै परिवर्तनहरु आएका थिए । यो सँगै माओले कम्युनिष्ट पार्टी भित्रका विकृत पक्षको सुधारका लागि पाट्र्रीको आन्तरिक राजनैतिक समेतमा सुधारको आरम्भ गरेका थिए । त्यसको निरन्तरतासँगै राजनैतिक र आर्थिक सुधार सँगसँगै कम्युनिष्ट सिद्धान्तको विपरित व्यापारमा विविधिकरण र विश्वव्यापीकरण गर्नाले हाल चीन विश्वको आर्थिक शक्तिका रुपमा समेत उदयमान भएर रहेको हो ।
विभिन्न युद्धले जजर भएको कोरिया प्रायद्वीपको सानो हिस्सामा रहेको विकट भौगोलिक अवस्था भएको सानो देश उत्तर कोरियाले किमइलुङ्गको नेतृत्वमा मार्क्सवाद र लेलिनवादको परिमार्जित रुपको जुचे सिद्धान्तका आधारमा नाटकीय रुपमा परिवर्तन गरी देशको आर्थिक विकासमा विशाल फड्को मार्न सफल भयो । त्यसको प्रभावले आज विश्वको आर्थिक रुपले सम्पन्न र शक्ति एवम् सामरिक स्थितिले विश्वको टाउको दुखाई भएर रहेको छ । त्यस्तै क्युवामा सन् १९५२ मा सैनिक कुद्वारा राज्यशत्ता कब्जामा लिएका तानाशाह फुल्गेन्सियो बाटिष्टा शासन सत्ता सन् १९५९ मा कम्युनिष्ट आन्दोलनका माध्यमले विजय गरी फिडेल क्यास्ट्रोले लिएका थिए । यो भूमि विश्व दुई ध्रुवमा विभाजित भई शीतयुद्ध चलेको समयमा निकै चर्चामा रह्यो, दुई शक्ति राष्ट्रहरु अमेरिका र सोभियत संघका बीच आफ्नो खेमामा लिन र त्यहाँको शासन लगायत प्राकृतिक साधनमा माथि आफ्नो कब्जा जमाउन लामो संघर्ष चल्यो अन्ततः सोभियत संघको पक्ष बलियो रहनगयो । सोभियत संघको पतन पछि पनि फिडेल क्यास्टा्रेले सहज रुपमा अमेरिकालाई चुनौती दिएर पूर्व स्थितिमा नै शासन चलाइरहे । फिडेल क्यास्ट्रो सत्तामा आएपछि क्यूवाको विकासको गतिले तिव्रता लियो । सर्वप्रथम शैक्षिक सुधार, प्रशासनिक सुधार र आर्थिक पक्षमा भूमि सुधारबाट आरम्भ भयो, औद्योगिक, व्यापारिक तथा नयाँ प्रविधिको द्वार खुल्यो, विकासले नयाँ शैलीबाट गतिलियो । परराष्ट्र सम्वन्धमा पूर्ववत् राज्यहरु अमेरिका,सोभियत संघ, स्पेन वेलायतका साथै अन्य यूरोपेली, अफ्रिकी, एसियन लगायतका देशहरुसँगको मित्रता विस्तार हुनगयो । क्यास्ट्रोको पछिल्लो समयमा आइपुग्दा देश पूर्ण आत्मनिर्भर भई विकास र देशको आर्थिक उन्नतिले विश्वको मापनमा उन्नतस्तरको गति लिइसकेको अवस्था थियो । विभिन्न समयमा आउने आर्थिक बाधा–व्यवधान र प्रतिस्पर्धी वातावरणबाट आउन सक्ने जुनसुकै कठिनाईको सामना गर्न देश सक्षम भइसकेको थियो । फिडेल क्यास्ट्रो सत्तामा आएपछि देशको सबै पक्षमा राम्रो विकास हुनगयो तथा विश्वशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका लगायतका औद्योगिक र विकसित राष्ट्रहरुलाई आर्थिक रुपमा र नाटो देशका सैन्य संगठनलाई सामरिक र युद्धशक्तीमा समेत चुनौतिको सामना गर्न सक्षम भएर विकासको अनुपम उदाहरण भएर रहेको थियो र छ –क्युवा । यसो हुनुमा राजनैतिक सिद्धान्तको सही प्रयोग, नेतृत्वमा निष्ठा र इमान्दारिताका आधारमा देशको सर्वत्र विकास गरी जनविश्वस लिनसक्नु नै हो । देशको आवश्यकता र जनचाहना अनुसार नेतृत्वले गर्नसक्नु देशको विशेषता र नेतृत्वको महानता हो भने नेतृत्वका हरेक कार्यक्रमहरुमा जनताको साथ र समर्थन हुने वातावरण कायम राख्नसक्नु अर्को विशेषता हो ।
त्यस्तै विश्वको बाम आन्दोलनको चर्चामा रहेको र विश्वको पूँजीवादी शक्तिको नेतृत्व गरेर रहेको संयुक्त राज्य अमेरिकालाई युद्धमा पराजयको स्वाद चखाउन सफल देश भियतनाम पनि कम्युनिष्ट आन्दोलन सफल पार्न देशमा राजनैतिक स्थायित्व स्थापना गर्न लामो समय संघर्ष गरेको एक मात्र देश हो । यसको संघर्षको कहानी कम्युनिष्टका लागि विशेष शिक्षाप्रद समेत रहेको छ । यो भूमि सन् १८८७ सम्म फ्रान्सको उपनिवेशको रुपमा रहेको यो देश सन् १९४१ मा कम्युनिष्ट विचारधाराका अनुयायी होची मिन्हले नेतृत्व गरेको भियत्मिन्ह पार्टीको अगुवाईमा राष्ट्रिय स्वतन्त्रताको आन्दोलन भई फ्रान्स र जापानको अधिपत्यबाट स्वतन्त्र बनाउने प्रयास भयो तर त्यो त्यति सफल भएको थिएन । फ्रान्स विस्थापन भएपछि अमेरिकाले आफ्नो बर्चश्व कायम गर्न खोज्दा अमेरिकी सेना र भियतनाम स्वतन्त्रता सेनानीका बीच ३० वर्ष सम्मको लामो युद्ध भयो यसलाई विश्वको इतिहासमा भियतनामको युद्धका नामले परिचित छ । पछि सन् १९७५मा गएर मात्र अमेरिकी सेना पराजय स्वीकार गरी हट्र्यो, देश पूर्णरुपमा स्वतन्त्र र एकीकृत भयो तथा राजधानी हनोईमा रहनगयो तथा प्रमुख शहर होचिन्हि सिटी भएको थियो । हाल यहाँ दिगो विकास भई विश्वलाई चुनौती दिइरहेको अवस्था छ । हो ची मिन्ह कम्युनिष्ट क्रान्तिकारी एवम् राष्ट्रवादी नेता तथा राजनीतिज्ञ, भियतनाम वर्कर्स पार्टीको पहिलो महासचिव र अध्यक्ष, कम्युनिष्ट पार्टीको स्कुल विभाग प्रमुख र प्रशिक्षक, प्रजातान्त्रिक गणतन्त्र भियतनामको पहिलो राष्ट्रपति हुन् । मार्क्सवादी–लेनिनवादी विचारको सही प्रयोग कर्ता हो ची मिन्ह र उनको योगदानको देश भियतनाका रुपमा विश्वप्रसिद्ध छ । नेताको योगदान र सिद्धान्तको सही प्रयोगकर्ता देश भनेर विश्वले यस भूमिलाई चिनेको छ ।
यी भए विश्वमा कम्युनिष्ट विचारको सफल प्रयोग कर्ता देशका इतिहास । अब विचार गरौ मार्क्सवादी विचारधाराको स्थापना र सञ्चालत भएका तर राज्य व्यवस्थामा असफल भएका देशको परिचय तर्फ । एसियामा कम्युनिष्ट आन्दोलनको प्रभाव राम्रोसँग परेको अवस्थामा भारतमा मानवेन्द्र नाथ राय, चारुमुजुमदार, ज्योति बसु समेतको प्रयासमा विशाल भड्को मारी वाम नक्सलवादी आन्दोलनले सफलता हासिल गरेकोमा ज्योति बसुको नेतृत्वमा पश्चिम बङ्गाल राज्यमा सरकारको नेतृत्व गरी लामो समयसम्म शासन गर्न सफल भएकोमा न्यून पूँजीवादी चिन्तन र गलत सैद्धान्तिक र आर्थिक नीतिका कारण पतन हुनपुग्यो । त्यस्तै पाकिस्तान, बंगलादेश–लालबङ्गाल, कम्बोडिया, इण्डोनेसिया, फिलिपिन्स समेतका देशमा कम्युनिष्ट राजनीतिको स्थापना र विकास भई पतन वा सुशुप्त अवस्थामा रहन गए । त्यस्तै ल्याटिन अमेरिकी देशहरुमा पेरु, चिली, अर्जेन्टिना, ब्राजिल, मेक्सिको भेनेजुयला, कोलम्बिया समेतका देशहरुमा यस्तै वाम आन्दोलन प्रवाहित भई सफलता समेत हाँसिल गरेका थिए । तर आफ्नै गलत शैलीका कारण तथा साम्रज्यवादीहरुका नव–उपनिवेशवाद, नव उनिवेशवाद अर्न्तगत आर्थिक परनिर्भरताको सिद्धान्त, शीत युद्ध, वहुराष्ट्रिय कम्पनी,अन्तर्राष्ट्रिय अनुदान/ऋण, जाहसुसी नीति, आइएनजिओहरु धार्मिक विस्तारवाद,विज्ञान तथा प्रविधिको प्रयोग र विस्तार, विश्वसम्पदा र अन्तरिक्ष क्षेत्रको अधिकतम प्रयोग ,विश्ववैद्धिक सम्पत्तिको एकाधिकार र अधिकतम प्रयोग समेतका अनेकौ कारणले पतन हुनपुगे । सोभियत संङ्घको पतनसँगै पूर्वी यूरोपका कम्युनिष्ट व्यवस्था भएका देशहरुमा पनि यो व्यवस्था पतन हुनपुग्यो भने यूरोपभर यसको प्रभाव नराम्ररी गिरेर गयो । संंसारमा एकपटका यो विचारले धक्का खायो । यी बाट विश्वका कम्युनिष्टहरुलाई राम्रो शिक्षा प्रदान गरेको हालको विश्वको अवस्था हो ।
हाम्रो देश नेपालमा वि.सं २००६/सन् १९४९ मा पुष्पलाल श्रेष्ठ, नर बहादुर कर्माचार्य, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य एवम् मोतीदेवी श्रेष्ठको अगुवाईमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि २००७ सालको क्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेको, वि.सं २०१० मा भएको नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशनले क मनमोहन अधिकारीलाई महासचिव छनौट गरेपछि व्यवस्थित र विधिवत् रुपमा नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढेका थियो । यसको अग्रगति र निरन्तरताका विभिन्न चरण पार गरी वि.सं २०४७ पौष २२ गने नेकपा एमालेको गठन भएको पार्टी हालसम्म नेपालको प्रमुख कम्युनिष्ट घटक भएर नेपालको वाम आन्दोलनको नेतृत्व गरिरहेको अवस्था हो । यस पार्टीको जीवनमा आउने अनेकौं मोडका क्रममा वि.स. २०५४मा बामदेव गौतमले नेतृत्व गरेको माले नामक पार्टी निर्माण भई यसको विभाजन, वि.सं २०७५को जेष्ठ ३ गते नेकपा माओवादीसँग एकीकरण, वि.सं २०७७ मा माओवादीसँग अलग तथा कठिनाई र विघ्नवाधा आउनु, वि.सं २०७८ भदौमा माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नामक दलको रुपमा अलग भई विभाजन हुन गएको नमिठो इतिहास रहेको छ । यस्तो अवस्थामा पनि वि.सं २०७९ को संसदीय निर्वाचनमा नेपालको सशक्त ठूलो दोस्रो दलको रुपमा स्थापित हुनगई नेपाली काँग्रेसको सहकार्यमा संयुक्त सरकारको नेतृत्व यसदलका अध्यक्ष राजनेता खड्गप्रसाद ओलीले गरी देशको शासन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरी देशका भूभागहरु लिपुलेक, लिम्पियाधुरा र कालामानी समेतका क्षेत्रको अपनत्व कायमगर्न भारत, चीन समेतका देशहरु र संयुक्त राष्ट्र संधमा समेत पहल कदमी गरेको अवस्थामा देश भित्रका प्रतिकृयावादी र विदेशी शक्तिको आडमा सञ्चालन भएका दल र संघ–संगठन तथा व्यक्तिको संयुक्त प्रयासमा नवयुवापुस्ता–जेनजीको आन्दोलनको क्रममा नाजायज फाइदा उठाउने उद्देश्यले घुसपेठका माध्यमले देशका वितण्डा मच्चाई देशका महत्वपूर्ण भौतिक सम्पत्ति सहित व्यक्तिका सम्पत्ति समेत नाश गरी देशमा ठूलो जनधनको क्षति पुर्‍याएर देश जजर भएको र अन्तरिम सरकार समेत गठन भइसकेको हालको अवस्थामा देशमा उचित व्यवस्थापन र निकासका लागि नेकपा एमालेको अहम् र महत्वपूर्ण रहन्छ । देशको सुखद् भविष्य र समृद्ध नेपाल निर्माणका लागि नेकपा एमालेको खाँचो हुन्छ ।
यही वि.सं २०८२ भाद्र २३ र २४ मा देशमा भएको घटनामा देशमा भएका राजनैतिक दल, सामाजिक संघ–सस्था तथा एनजिओहरु र सामाजिक व्यक्तित्व तथा स्वतन्त्र व्यक्तित्वमा रही निर्वाचित भई चर्चाको शिखरमा रहेका व्यक्तिहरुको समेत मुकुण्डो उतारिएर हैसियत राम्ररी थाहा हुनगएको परिस्थिति हो । यसमा तराई क्षेत्रमा रहेका क्षेत्रीय दलहरुको कहिकतै चर्चा रहेन । नेपाली काँग्रेसका अधिकांश ठूला नेताहरुलो भष्टाचार र अनियमितताबाट अकुत सम्पत्ति सङ्कलन भएको तथा तिनीहरुको त्यो सङ्कलित रकम अग्नीका ज्वालामा नष्ट भई अन्य भौतिक सम्पत्ति समेतको नाश हुनगई साह्रो वेइज्जत भइएको अवस्था छ भने त्यस्तै हालत नेकपा एमाओवादीको पनि रहेकोछ । अहिले निकै चर्चा र हल्लामा रहेको विदेशको आडमा सञ्चालन भएको लोभी, पापी, मौकापरस्त तथा अपराधि र भ्रष्टहरुको संगम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी नामको दलको पनि नवयुवापुस्ता–जेनजीको आन्दोलनको क्रममा नाजायज फाइदा उठाउन खोजेको अवस्थामा सर्वाङ्ग नाङ्गो भएको तथा पुरानो साख गिरेर दलका नेता कार्यर्ताहरुले धमाधम राजीनामा दिएर बाहिरिएको अवस्था छ । राजेन्द्र लिङ्देल र दुर्गा प्रसाईंले नेतृत्व गरेको राप्रपाको राजतन्त्र फर्काउने दाउ पनि पराजित भएको छ । त्यस्तै माधव नेपालले अगुवाई गरेको नेकपा समाजवादीको पनि आँधिका बेलामा राजनैतिका रोटी सेकाउने दाउमा पनि रोटी उडाएर लगेको अवस्था हुनगयो । त्यसै गरी अर्का विद्वान राजनेता भानिएका डा.बाबुराम भट्टराईको स्वदेश विरुद्धको विदेशको जाहसुसी धन्धाले नेपथ्याबाट देश द्रोहको काम त गरेकै होला तर आँधीको लपेटाले उनले अडेको बर्को उडाएकाले उनको छातीका घम्रिएका रौं सबैले राम्ररी देखे उनको राजनैतिक भविष्य झन् सङ्कटग्रस्त बन्नपुग्यो । यता नेपाल कम्युनिष्ट पार्टी एमालेको भने देशी विदेशी प्रतिक्रियावादीले भनेजस्तो कुनै कमजोरी नभई यस पार्टीका नेता तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको आवासबाट धनदौलतका सट्टा पुस्तकालय, वाचनालय, अध्ययनशाला तथा सम्मान स्वरुप अरुले प्रदान गरेका खादा, व्याच,माला, सम्मान पत्र र मायाको चिनाहरु जलेर नष्ट हुनपुगे तथा एउटा सादगी जीवन जिउने देशको प्रधानमन्त्री भएको घरको अवस्था कस्तो रहेछ भनी स्वदेशी र विदेशीले देख्यो र चिन्यो । यस दलका अन्य नेता तथा कार्यकर्ताका घर र अन्य भौतिक सम्पत्तिहरु जलाइए र जले तर अनैतिक कर्म भएको कही भेटिएन । यही थियो एमालेको वास्तविकता । यो नै एमाले साख अझ उचा हुने अवस्था सिर्जना भएको हो, यसलाई नेकपा एमालेका नेता–कार्यर्ताले गम्भिर भएर मनन र अध्ययन गरी अझ सुदृढ भएर यसको उचित राजनैतिका फाइदा लिन सक्नुपर्छ ।
नेकपा एमालेको आगामी कार्यदिशा र रणनीति भनेको यस भित्रभएका हालसम्मका कमिकमजोरीको पूर्णरुपमा सुधार गरी योग्यव्यक्तिहरुलाई कार्यकारी र नेतृत्वतहमा पुर्‍याउने गरी पार्टी पुनर्गठन गर्नुपर्छ । जनताका नजरमा गिरेका, कमजोर चरित्र भएका, असक्ष, अल्छी र उमेरको सीमा नाघेकाहरुलाई उचित सम्मान र व्यवस्थित स्थानमा राखी कार्यकारी तहबाट विदा दिनुपर्छ । पार्टी भित्रको समुचित व्यवस्था भएपछि अन्य वामपन्थी र प्रजातान्त्रिक दलमा रहेका योग्य र सक्षम व्यक्तिहरुलाई आकर्षण गरी पार्टी प्रबेश वा विलयका माध्यमले एकीकृत गर्ने प्रयास गर्नुपर्छ । यसो गरिरहँदा आफ्नो पार्टी भित्रका र बाहिर स्वतन्त्र रुपमा रहेका नवयुवाहरु –जेनजीलाई सर्वाधिक महत्व दिएर पार्टीको मूलधारमा समाहित गराएर लिएर जानुपर्दछ । अवको नेकपा एमाले पुरानो एमाले नभई एक सच्चा राष्ट्रिवादी, देशभक्त र नवयुवाहरुको वाहक दलको रुपमा रही सबैको आकर्षणको केन्द्रको रुपमा विकसित भएर जानुपर्छ । देश र जनताका लागि शहीदहरुले शादात प्रदान गरी महान उत्सर्ग गरे भने नेकपा एमालेका नेता कार्यकर्ताहरुले पनि पद, प्रतिष्ठा र श्रेष्ठताको भावना त्याग गरी उच्चमनोवल पार्टी, देश र जनताका लागि सेवामा प्रतिवद्ध भई उत्सर्ग गर्नु परम अवश्यक छ । त्यो गर्नु युगको आब्हान र देशको आवश्यता समेतको उचित समय हो । यसो गर्न सकेमा नेकपा एमालेको प्रतिष्ठामा उच्चता कायम हुनगई देश सेवाको मौका आगामी निर्वाचनमा जनताले अवश्य दिनेछन् । देशको नष्ट भएको हालको भौतिक संरचनाको पुनर्निमाण र अरु राष्ट्रिय महत्व विकास आयोजना एवम् जनताका आवश्यकताको परिपूर्ती हुने छ । अन्यथा यो नेकपा एमाले पनि नेकपा माले, समाजवादी, माओवादी तथा बाबुरामको दल जस्तै हालतमा इतिहासको गर्तम सिमित हुनपुग्ने छ । विश्व बाम आन्दोलनको धाराको इतिहासले यही शिक्षा प्रदान गर्दछ ।
दिनाङ्कः १ आश्विन २०८२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।