महोत्तरी महोत्तरीको बर्दिबास नगरपालिका११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको ।खयरमाराबाट काठमाडौंजाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो  

दुर्घटनामा पैदलयात्री बर्दिबास१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै सर्लाहीको ईश्वरपुर१२ का १० वर्षीय प्रवेशखड्काको उपचारको क्रममा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए  

दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।