तनहुँ, दमौली ।
गोरखाकाली आवासीय माध्यमिक विद्यालयले स्व. प्रजिताको स्मृतिमा यस वर्ष पनि नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका विद्यार्थीहरूले संकलन गरेको रकम,विद्यालयको तर्फबाट रकम, सहयोगी दाताहरूले उपलब्ध गराएको नगद सहयोग तथा कतिपय कपडा व्यवसायीहरूले दिएको नयाँ कपडाबाट कार्यक्रम सम्पन्न गरिएको प्रधानाध्यापक विना कैनीले जानकारी दिनुभयो ।
दशैंको अवसरमा गरिने यो वार्षिक कार्यक्रम यसपटक व्यास–५ पाटन र व्यास–३ अनसनचौतारी, दमौलीमा सम्पन्न गरिएको हो । कार्यक्रम विपन्न परिवारलाई लक्षित गरी आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा १,५०० थान नयाँ कपडा वितरण गरिएको थियो । कपडा लिन आउनेको घुइचो देखिएको थियो । अघिल्लो वर्ष भने व्यास–५ पाटन र दमौलीको भोलेटार चोकमा कार्यक्रम गरिएको थियो ।