काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्र देव शाक्यलाई सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पदमा नियुक्त गरेको छ। शाक्य गत चैत ११ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।
सरकारको यस निर्णयसँगै अब प्राधिकरणको नेतृत्व सिलवालले सम्हाल्ने भएका छन्।