तनहुँ । भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोडको अवस्थाको स्थलगत अनुगमन गर्न नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी तनहुँ आइपुग्नुभएको छ ।
अधिकारीले नेकपा (एमाले) तनहुँको पार्टी कार्यालय, एकदेव आलेको भवन र नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय पुगेर क्षतिको अवलोकन गर्नुभयो । तोडफोडबाट भएको भौतिक क्षति र त्यसले राजनीतिक दलका गतिविधिमा पारेको असरबारे उहाँले प्रत्यक्ष जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा अधिकारीले घटना लोकतान्त्रिक अभ्यासविपरीत रहेको टिप्पणी गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सरोकारवालाहरू बीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको छ ।