चितवन । तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार अझै पनि पहिरो खसिरहेकाले तत्काल सडक सुचारु गर्न नसकिएको हो।
शर्माले बताउनु अनुसार, पहिरो पन्छाउने काम सुरु भए पनि लगातार ढुंगा–माटो खसिरहेको कारण जोखिमपूर्ण अवस्था छ। सडक पूर्णरुपमा खुल्न बिहानसम्मै लाग्ने अनुमान गरिएको छ।
यस सडकखण्ड अवरुद्ध हुँदा काठमाडौ – पोखरा तथा काठमाडौ – चितवनतर्फ आवागमनमा अवरोध भएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।