तनहुँ । आगजनी र तोडफोडपछि जिल्ला प्रशासन कार्यालय तनहुँको मुद्दा शाखा अँध्यारोमा सञ्चालन भइरहेको छ । बिहीबार सेवाग्राहीलाई आवश्यक काम गर्न कार्यालयका कर्मचारीहरूले मोबाइलको बत्ती बालेर सेवा दिएका हुन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँमा आगोजनी भएको थियो । मुद्दा शाखा सहित कार्यालयका विभिन्न कोठामा क्षति पुगेको थियो । आवश्यक मर्मत तथा विद्युत् जडान हुन बाँकी भएकाले कर्मचारीहरू अँध्यारोमै सेवाग्राहीको काम सकाइरहेका छन् ।
सेवाग्राहीहरूले कठिनाइ भए पनि कर्मचारीको प्रयासले आवश्यक काम अघि बढेको बताए ।