दमौली । जेन जी आन्दोलनको क्रममा २०८२ साल भदौ २३ र २४ गते शहीद भएकाप्रति दमौलीमा रहेका लायन्स क्लब र लियो क्लबहरूले संयुक्तरूपमा श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको बलिदानलाई नेपाली राजनीतिको मोडको रूपमा स्मरण गर्दै मुलुकमा स्थायित्वका लागि योगदानलाई कदर गरेका थिए ।
शहीदहरूको सम्झनामा दीप प्रज्वलन र मौनधारण गरिएको थियो । क्लबका पदाधिकारीहरूले शहीदका परिवारप्रति समवेदना प्रकट थिए ।